alliance khabar

बुधबार, आश्विन ०८, २०८२

धनगढी, असोज ८ गते । 

चाडपर्वमा अमनचयन खलबलिन नदिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा हुन सक्ने सम्भावित घटना, आपराधिक क्रियाकलाप, झैझडा नियन्त्रणका लागि चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वको मौका छोपेर हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीको मोबाइल टोली, सादा पोसाकको प्रहरी, पैदल गस्ती टोली परिचालन गरिएको छ । कुनै पनि ठाउँमा केही भएमा तत्काल रेस्पोन्स गर्ने गरी सुरक्षा योजना बनाएर लागु गरेको बताउँदै उहाँले चाडपर्वमा शान्तिसुरक्षा कायमका लागि प्रदेशभर पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको जानकारी गराउनुभयो ।

दक्षिण र पश्चिममा भारतसँग अन्तर्राष्ट्रिय सीमा जोडिएको सुदूरपश्चिम आफैँमा संवेदनशील प्रदेश हो । जेनजी आन्दोलनका क्रममा प्रदेशको विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि सुरक्षा चुनौती झन् थपिएको छ । कारागारबाट भागेका सबै कैदीबन्दी अझै पनि कारागारमा नफर्केका कारण रहेको सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रहरीले एकीकृत सुरक्षा योजना बनाएको जनाइएको छ ।

फरार कैदीबन्दीबाट हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि भारतीय सुरक्षाकर्मीसँग पनि समन्वय गर्ने गरी सुरक्षा योजना बनाएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सीमा क्षेत्रमा काउन्टर पार्टसँग मिलेर विशेष निगरानी गरिने रानाभाटले बताउनुभयो । यसै गरी फरार कैदीबन्दी पक्राउका लागि सबै जिल्लामा सर्कुलर गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल