alliance khabar

बुधबार, आश्विन ०८, २०८२

विराटनगर, असोज ८ गते  ।

कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाउने विषयमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधि दसैँअगाडि प्रदेश सभा बैठक नबोलाउन सहमत भएका छन् ।

जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेशको प्रदेश सभा हलमा तत्काल बैठक बस्न नसकिने भएकाले उपयुक्त स्थान खोजी गरेर मात्र बैठक बोलाउनुपर्ने दलका नेताहरूले सुझाएका थिए । त्यससँगै सरकारले बैठक बस्न सकिने वैकल्पिक स्थान खोजी गर्न थालेको छ ।

बैठकमा विराटनगरसँग सिमाना जोडिएको कटहरी गाउँपालिकामा रहेको कृृषि बजारको भवन र विराटनगरको वीरेन्द्र सभागृहलाई विकल्पका रूपमा प्रयोग गर्नेबारे छलफल सुरु भएको छ । कृषि बजार प्रदेश सरकारमातहत रहेको संरचना हो भने सभागृह विराटनगर महानगरपालिकाको स्वामित्वमा छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र प्रदेश सभा बोलाउने या नबोलाउने भन्ने विषयमा मङ्गलबार कोशी प्रदेशका राजनीतिक दलहरूबिच छलफल भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बैठकले तत्काल प्रदेश सभा बैठक बोलाउन सक्ने अवस्था नरहेको निष्कर्ष पनि निकालेको छ । बैठकले दसैँअघि प्रदेश सभा अधिवेशन बोलाउन असम्भव रहेको भन्दै दसैँपछि मात्रै अर्को बैठक बसेर निर्णय लिने सहमति गरेको छ ।

बैठकले उपयुक्त सभा हलको वैकल्पिक व्यवस्था तत्काल गर्न र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध मिलाउन प्रदेश सरकारलाई सुझाव दिने निर्णय गरेको छ । बैठकमा सहभागी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले भन्नुभयो, “प्रदेश सभाको बैठक अब कहाँ गर्ने भन्ने नै समस्या छ । यसले गर्दा पनि तत्कालै प्रदेश सभा बैठक बोलाउन सक्ने अवस्था छैन ।”

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पनि दसैँअघि बैठक बस्न सक्ने परिस्थिति नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व नजिकिएको र सभा हलको व्यवस्थापन नभइसकेको अवस्थामा तत्काल बैठक बोलाउनु सान्दर्भिक नहुनेमा दलहरू सहमत देखिए । बैठकमा मोरङको कटहरीस्थित कृषि बजार, विराटनगरको वीरेन्द्र सभागृह र अरू सम्भावित स्थानका बारेमा छलफल भएको छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल