alliance khabar

मंगलबार, आश्विन ०७, २०८२

बाँके, असोज ७ गते ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनमा घुसपैठ गरि सरकारी कार्यालयमा आगजनी,लुटपाट र तोडफोडमा संलग्नाको पहिचान गरि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी,तोडफोड र लुटपाट गरिएका बाँकेका सरकारी कार्यालयहरुको मङ्गलबार स्थलगत अनुगमनपछि मुख्यमन्त्री आचार्यले भन्नुभयो , जेन्जी आन्दोलनको नाममा सरकारी सम्पत्ति जलाएर जनतालाई दुस्ख र पिडा दिनेलाई कारबाही गरि दन्डहिनता अन्त्य गर्न आवश्यक छ ।

मुख्यमन्त्री आचार्यले जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गर्नुभएको छ ।

प्रदेशसभा सदस्य रत्न खत्रीका अनुसार मुख्यमन्त्री आचार्यले नेपालगन्ज उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिकासहित नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यलय पुगेर क्षेतीको जानकारी लिनुभएको छ । उहाँले प्रदेश सरकारले जलेका कार्यालय संचालनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा नरोकिने बताउनुभयो । “कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेका छौं । जेन्जी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ । जनतालाई दैनिक आवश्यक पर्ने कागजातहरू जलाउने काम भएको छ ।”

जेन्जी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भएपनि सेवा प्रवाह गर्नेगरी व्यवस्था मिलाइएको जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो । अनुगमनमा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवाल लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल