alliance khabar

शनिबार, आश्विन ०४, २०८२

काठमाडौँ (गोरखापत्र), असोज ४ गते ।

 चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले तामाङ समुदायको संस्कृति र कथालाई विशेष रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको छ ।

मिलन तामाङले निर्देशन गर्नुभएको चलचित्रमा रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माता रहनुभएको चलचित्रको कथा चन्द्रकुमार दोङले लेख्नुभएको हो चलचित्रको पटकथा र संवाद रामशरण पाठकले तयार पार्नुभएको हो ।

दसैँको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र रोहित अधिकारी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल