alliance khabar

शुक्रबार, आश्विन ०३, २०८२

कल्याणपुर (सप्तरी), आसोज ३ गते ।

राजविराज नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गरेको छ । स्वास्थ्य सिफारिस, सरसफाई लगायत अति आवश्यक सेवा बाहेक नगर कार्यपालिका कार्यालय सम्पूर्ण शाखाहरुबाट प्रवाह हुने अन्य सबै सेवाहरु स्थगित गरेको हो ।

राजविराज नगरपालिकाले एक सूचना जारी गर्दै जेनजीको आन्दोलनको क्रममा भदौ २४ गते भएको आगजनीबाट राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय भवन पूर्णरुपमा जलेर नष्ट भएको हुँदा सेवा प्रवाह स्थगित गरिएको कार्यवाहक नगरप्रमुख इसरत परवीनले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा रहेको योजना, राजस्व, जिन्सी, प्रशासन, सामाजिक सुरक्षा तथा पञ्जिकरण, प्राविधिक, शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि, रोजगार सेवा केन्द्र, न्यायीक समितिअन्तर्गतका मुद्दासँग सम्बन्धित कामकाजसँगै अन्य शाखा उपशाखाहरु लगायतका कार्यालयको हाताभित्र रहेको फोहोरमैला व्यवस्थापन गर्ने ट्रयाक्टर, टिप्पर, एम्बुलेन्स, जेसिवी लगायतका अन्य सवारीसाधनहरुमा आगजनी भई पूर्ण रुपमा जलेर नष्ट भएको हुँदा अर्को सूचना प्रकाशन नहुन्जेल सम्मका लागि स्थगन गरिएको कार्यवाहक नगरप्रमुख परविनले बताउनुभयो ।

जेनजीको आन्दोलनको क्रममा राजविराजमा सबैभन्दा बढी ३० करोड रुपियाँ मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको राजविराज नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल