alliance khabar

बिहिबार, आश्विन ०२, २०८२

म्याग्दी, असोज २ गते ।

जिल्ला हुलाक कार्यालय म्याग्दीले उत्कृष्ट चिट्ठीपत्र लेख्ने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । बिहीबार हुलाक कार्यालयमा आयोजित कार्यक्रममा विजेता विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको हो । नयाँ पुस्तालाई हुलाक र चिट्ठीपत्रको महत्त्वका बारेमा सचेतना जगाउन हुलाक कार्यालयले  माध्यमिक विद्यालयस्तरीय चिट्ठी पत्र लेखन प्रतियोगिता सञ्चालन गरेको थियो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीले क्रमशः सात हजार, चार हजार र दुई हजार पाँच सय रुपियाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसको कक्षा १२ मा अध्ययनरत सीमा बुढामगर प्रथम, प्रकाश मावि बेनीमा कक्षा ९ मा अध्ययनरत एलिस्का खत्री द्वितीय र न्यु वेस्ट पोइन्ट आवासीय मावि कक्षा १२ की रियासा जिसी तृतीय हुनुभएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख थापा र नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम लगायतले नगद सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा म्याग्दीका संस्थागत तथा सामुदायिक विद्यालयका १६ जना विद्यार्थीले सहभागिता जनाएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख थापाले बताउनुभयो ।

हुलाक सेवाका बारेमा सर्वसाधारणहरूमा सचेतना जागृत गराउँदै ‘हाम्रो हुलाकलाई राम्रो हुलाक कसरी बनाउन सकिन्छ’ शिर्षकमा चिट्ठीपत्र लेखन प्रतियोगिता गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा जिल्ला हुलाक कार्यालय, अतिरिक्त हुलाक कार्यालय तथा पालिका हुलाक कार्यालयबाट विद्यार्थीले १० को हुलाक टिकट टाँसी हुलाक कार्यालय मार्फत हस्तलिखित चिट्ठी पठाएका थिए ।

आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीलाई हुलाक टिकट तथा चिट्ठीको महत्त्व बुझाउन, चिट्ठी लेखन सीप र सिर्जनशिलताको विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने आशा गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल