alliance khabar

बुधबार, आश्विन ०१, २०८२

काठमाडौँ, असोज १ गते ।

जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ ।

काठमाडौंको सहिदगेटमा दीप प्रज्ज्वलन भएको छ । समाजका विविध क्षेत्रमा संलग्न व्यक्तिहरुको उपस्थितिमा सहिदगेटमा दीप प्रज्ज्वलन गरिएको सामाजिक अभियन्ता धनेज थापाले बताउनुभयो । उहाँका अनुसार दीप प्रज्ज्वलनमा स्वतस्फूर्त रुपमा सर्वसाधारणको समेत उपस्थिति थियो ।

मृतकको सम्मान स्वरुप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा पनि दिएको थियो ।

साथै, राष्ट्रिय झण्डा पनि आधा झुकाइएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजी पुस्ताले भदौ २३ र २४ गते राजधानीमा प्रदर्शन गरेका थिए ।

गोरखापत्रका ओखलढुंगा समाचारदाता शेरबहादुर राईका अनुसार, ओखलढुङ्गामा जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ । गत भदौ २३ र २४ गते आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा ओखलढुङ्गाबासीले दीप प्रज्वलन गरेका हुन् ।

सिद्धिचरण नगरपालिका–११ को मिलनचोक र वडा नं. १२ स्थित गणेश मन्दिर चोकमा दीप प्रज्वलन गरिएको राजेश कुमार खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युवाहरूले दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले सहिदहरूले देखाएको बाटो अनुसरण गर्दै परिवर्तनको यात्रालाई निरन्तरता दिने संकल्प व्यक्त गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा जेनजी युवाहरु लगायत स्थानिय समाजेवी, विद्यार्थीहरु र सदरमुकामबासीको सहभागीता रहेको थियो ।

यसैगरी, राष्ट्रिय समाचार समिति (रासस) का अनुसार, जेनजी आन्दोलनको क्रममा दिवङ्गतहरूको सम्झनामा बुधबार साँझ काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो चोकमा दीप प्रज्वलन गरिएको छ ।
यस्तै, सुनसरी जेनजी आन्दोलनको क्रममा दिवङ्गतहरूको सम्झनामा सुनसरीको इनरुवास्थित सहिद गेटमा बुधबार साँझ आयोजित दीप प्रज्वलन गरियो ।
यसैगरी, जेनजी आन्दोलनको क्रममा दिवङ्गतहरूको सम्झनामा बुधबार साँझ रौतहटको चन्द्रनिगाहपुरमा दीप प्रज्वलन गरी सहिदप्रति श्रद्धाञ्जली व्यक्त  गरिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल