alliance khabar

मंगलबार, भाद्र ३१, २०८२

तुलसीपुर, भदौ ३१ गते ।

जिल्लाका स्थानीय तहहरूका भवन जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका छन् । संरचनाहरू क्षतिग्रस्त अवस्थामा पुगे पनि स्थानीय तहहरूले भने कतै परिसरबाटै त कतै भत्किएकै संरचनाबाट सेवा सुरु गरेका छन् ।

आन्दोलनका क्रममा दुई वटै संरचना क्षति पुगेका तुलसीपुर उपमहानगरपालिकाले सोमबारबाट परिसरमै त्रिपाल टाँगेर सेवा सुरु गरेको छ भने घोराही उपमहानगरपालिकाले परिसरबाटै सेवा सुरु गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले आन्दोलनका क्रममा दुई वटै भवन पूर्णरूपमा क्षति पुगेको बताउनुभयो । उहाँले क्षति पुगेको भवनमध्ये आंशिक कोठामात्रै क्षति नभएको बताउनुभयो । नगर प्रमुख खड्काले पालिकाले निर्माण गरेको तुलसी ट्रेड टावरमा आन्दोलनका क्रममा आगलागी नभएपनि ढुङ्गामुढाका कारण क्षति पुगेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले तत्कालका लागि अत्यावश्यकीय सेवा सुरु गरेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यलगायतका सेवा सुरु गरेको बताउनुभयो ।

आन्दोलनका क्रममा तुलसीपुरमा रहेका मालपोत, आन्तरिक राजस्व, इलाका प्रशासन, कारागार, यातायात व्यवस्था,उच्च अदालत, सिँचाइ डिभिजन, भू जलाधार संरक्षणलगायतका कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । यसैबिच तुलसीपुर उपमहानगरपालिकाले सेवा प्रवाहलाई नियमित गर्ने विषयमा सोमबार सर्वपक्षीय छलफलसमेत आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल