alliance khabar

मंगलबार, भाद्र ३१, २०८२

धम्बोझी (बाँके), भदौ ३१ गते । 

जेनजीको आन्दोलनको फाइदा उठाउँदै लुटपाट र सार्वजनिक सम्पत्ति चोरी गर्नेलाई बाँके प्रहरीले खोजी गर्न सुरु गरेको छ । आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरुको खोजी भइरहेको बेला बाँके प्रहरीले पनि सक्रियता बढाएको छ ।

आन्दोलनका क्रममा कार्यालय तथा सार्वजनिक सम्पत्तिको लुपाट, तोडफोडसँगै आगजनी गरी नष्ट गरिएको छ । जसले गर्दा कार्यालयका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । आन्दोलनको फाइदा उठाउँदै केहिले भौतिक सम्पत्ति समेत लुटेर समेत लगेका थिए । जसको अहिले खोजी कार्य थालिएको छ । बाँके जिल्लामा दुई दर्जनभन्दा बढी सरकारी कार्यालयहरुमा लुटपाट, तोडफोड तथा आगजनी गरिएको छ । अवस्था सामान्य बन्दै गएपछि हाल ती कार्यालयहरु सञ्चालनको तयारी गरिएको छ ।

सार्वजनिक कार्यालयका धेरै जसो सामान लुटेर लगिएकाले कार्यालय सञ्चालनमा बाधा पु¥याएको छ । लुटेर लगिएको त्यस्ता सम्पत्तिको कार्यालयहरु खोज्न थालेका छन् । लुट्ने बहानामा वा जोगाउन भनेर घर लगिएका राज्यको सम्पत्ति आफैँ स्वस्फुर्त रुपमा फिर्ता गरिदिनका लागि कार्यालयहरुले सार्वजनिक आह्वान समेत गरिसकेका छन् ।

लगिएका सामानहरु फिर्ता नगरिए नियमअनुसार कारवाही हुने प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आन्दोलनका क्रममा सम्पत्ति लग्नेहरुको पहिचान सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेज तथा नागरिकहरुसँग भएको भिडियोका आधारमा खोजी गरी कारबाही प्रक्रिया अघि बढाइने कार्यालयहरुको भनाइ छ ।

यस्तै, बाँके प्रशासनले सार्वजनिक सम्पत्तिको क्षति गर्नेहरुलाई खोज्ने प्रक्रिया अघि बढाएको छ । प्रशासनले एक सूचना जारी गर्दै आगामी दिनमा यस्तो अवस्था फेरि दोहोरिन नदिनका लागि सम्पत्ति नष्ट गर्न विध्वंशात्मक कार्यमा संलग्न व्यक्ति, समूहको खोजी प्रक्रिया सुरु गरिएको जनाएको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले प्रदर्शनको क्रममा सरकारी कार्यालयहरुको सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेहरुलाई खोज्न सुरु गरिएको बताउनुभयो । त्यसका लागि पहिलो चरणमा त्यस्तो क्षति गर्नेहरुको भिडियो फुटेजहरु भएउपलब्ध गराउन माग गरिएको पनि बताउनुभयो ।

प्रशासनले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ, ‘भदौ २४ गते प्रदर्शनको क्रममा केही उच्छृङ्खल व्यक्ति समूहबाट जिल्लास्थित दर्जनौ सरकारी कार्यालयको महत्त्वपूर्ण अभिलेख, कार्यालय सामग्री सरकारी गाडी, कार्यालय भवन समेतमा आगजनी, तोडफोड गर्नुका साथै सरकारी, सार्वजनिक सम्पत्ति र केही व्यक्तिहरूको निजी सम्पत्तिमा समेत अकल्पनीय क्षति पुगेको छ । सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत गर्ने व्यक्ति समूहलाई समयमै पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन नसकिएमा समाजमा दण्डहिनता र कानसनविहीनताको अवस्था सृजना हुन सक्ने जोखिम उत्पन्न हुने छ ।’

अपिलमा भविष्यमा समेत यस प्रकृतिका विध्वंशात्मक र गैरकानुनी गतिविधि हुन सक्ने जोखिम र चुनौतीलाई मध्यनजर गरी २४ गतेको विध्वंशात्मक कार्यमा संलग्नव्यक्ति समूहको पहिचान गरी यथाशिघ्र कानुनी कारबाहीको दायरामा ल्याउन अति आवश्यक देखिएकाले सो सम्बन्धमा आफुसँग कुनै जानकारी सूचना तथ्य प्रमाण, भिडियो फुटेज लगायतका सामग्री म्यासेज, ह्वाट्सएप आदी माध्यमबाट तथ्य प्रमाण उपलब्ध गराइ सहयोग गरीदिनहुन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल