alliance khabar

शुक्रबार, भाद्र २७, २०८२

काठमाडौँ, भदौ २७  गते। 

 ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुला लेकम ठेगाना भएका प्रहरी जवान उत्तम थापा, बझाङ स्थायी ठेगाना भएका जेनजी युवा सुवास बोहरालगायतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षणपछि आज पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिएको हो।  प्रसनि राई र प्रहरी जवान थापालाई नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, दानबहादुर कार्की, डा मनोज केसीलगायतका प्रहरी अधिकारीले आज पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।

जेनजी प्रदर्शनका क्रममा देशभरमा प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको जनाइएको छ।  जसमा तीन प्रहरी, एक भारतीय महिलासहित छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल