alliance khabar

शुक्रबार, भाद्र २०, २०८२

धनगढी, भदौ २० गते ।

कैलालीको कैलारी गाउँपालिकास्थित सप्तरङ्गी लघुउद्यमी समूहका महिलालाई ढकिया लगायतको हस्तकलाका सामग्री बनाउन भ्याइ नभ्याई भएको छ ।

परम्परागत सीपबाट बनाइएको ढकिया, डेलुवा, डोकोलगायतको सामग्रीका व्यापार चम्केपछि उनीहरुलाई त्यस्ता सामग्री बनाउन भ्याइ नभ्याइ भएको हो । उद्यमी महिलाले हस्तकलाका सामग्री उत्पादन गरेर काठमाडौंं पठाउने गरेका छन् । फुटकरभन्दा पनि थोक व्यापार राम्रो रहेको हस्तकला उद्यमी कैलारी गाउँपालिका –३ भर्रीका सञ्जिता चौधरीले बताउनुभयो ।

जङ्गल, नदी, खोला किनारमा पाइने काँसलगायतको वस्तुबाट महिलाले हस्तकलाका सामग्री बनाउनेगरेका छन् । यस्ता सामग्रीको माग बढेपछि दिनभरी र फुर्सदको बेला राति पनि बनाउने काम भइरहेको चौधरीको भनाइ छ । उहाँले छ जनाले यो काम गरिरहेको जानकारी दिनुभयो ।

काँसलगायतको वस्तु प्रयोग गरेर थारु समुदायका महिलाले ढकियासहित विभिन्न किसिमको हस्तकलाका सामग्री बनाउँदै आएका छन् । सानैबाट सिकेको सीपलाई अब व्यवसायमा परिणत गरेको जनाउँदै समूहका फूलकुमारी चौधरीले कामको दाम पनि राम्रो रहेका बताउनुभयो ।

ढकिया, डेलुवा, डोकोलगायतको सामग्री बढी उत्पादन गर्न सक्नेले अझ बढी आम्दानी गरिरहेको उहाँको भनाइ छ । “आफूले जति धेरै सामग्री बनाउन सक्यो त्यति नै धेरै आम्दानी हुन्छ”, चौधरीले भन्नुभयो, “यसमा खर्च खासै छैन, मिहिनेत चाहिन्छ ।” परम्परागत सीपबाट तयार पारिएकोे सामग्रीको व्यापारले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने स्थानीय सुनिता चौधरीको विश्वास छ । उहाँले यस्ता कार्यले गरिबी निवारणमा पनि टेवा पुग्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल