alliance khabar

बुधबार, भाद्र १८, २०८२

पशुपतिनगर(इलाम), भदौ १८ गते ।

इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफनो गाउँको विकाशमा श्रम गर्ने अभियान सञ्चालनको थालनी गरिएको छ । गाउँपालिकाले कार्यविधिनै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम गर्ने गरी कार्यविधि बनाएर लागू गरेपछि अभियान सञ्चालन गरिएको हो ।

गाउँपालिकामा रहेका ५७ वटा टोलबिकास संस्था मार्फत प्रत्येक घरले महिनामा एक दिन श्रम गर्न थालिएको छ । स्थानीय स्तरका सडक मर्मत, नालीको सरसफई, बिद्यालय घेराबार ,मठमन्दिरको पुनर्निर्माण, सामुदायिक वनमा बृक्षा रोपणदेखि सरकारी, सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय नागरिक सक्रिय भएर लागेको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनुभयो ।

उहाँले विकाशपछिको व्यवस्थापनमा अहिलेसम्म ध्यान नपुगेका कारण विकाश भएर पनि संरक्षण हुन नसेका संरचनको संरक्षणका लागि नागरिकलाई नै सक्रिय गराइएको जानकारी दिनुभयो ।

गाउँपालिकाले सुरुमा कार्यविधि बनाएर गाउँपालिका भित्रका ५७ वटै टोल विकाशका पदाधिकारीलाई टोल बिकासको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिएको थियो । पालिकालले टोल विकाशको मासिक बैठक लगायतका लागि आवश्यक सामग्रीसहित प्रत्येक टोल विकास सञ्चालनका लागि वाािर्षक २० हजार रुपियाँका दरले बजेटको व्यवस्थापन गरेको छ ।
अनिवार्य श्रम नगरे वडाको सिफारिस रोक्नेसम्मको कानुन निर्माण गरेको गाउँपालिकाले नीति निर्माण गरेर स्थानीय स्तरको व्यवथापकीय पक्षलाई मजबुत बनाउनका लागि टोल बिकास संस्थामार्फत नागरिक परिचालन गरीएको गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘‘हामी सिमित बजेटमा काम गर्छौ, सबै ठाउँमा एकै पटक बिकास गर्न सम्भव छैन, नागरिकले सरकारलाई दोष मात्र दिइने होइन, सरकारले गरेका काममा सघाउनु पर्छ भन्ने बानीको विकाश गराउन खोजेका हौँ ।’’

गाउँपालिकाको रम्भ्याङको थर्पु टोल विकाश संस्थाका अध्यक्ष युवराज आचार्यले गाउँपालिकाले सुरु गरेको श्रम संस्कृतिको अभियानमा नागरिकले उल्लेखीय साथ दिएको जानकारी दिनुभयो । उहाँले सडकमा थुपारिएको गोलिया(काठ) हटाउन र गोलिया ओसार पसार बन्द गर्न टोल विकाश संस्था लागि रहेको जानकारी दिनुभयो । सडक किनारमा राखिने गोलियाका कारण र ठूला सवारीमा गोलिया बोकेपछि सडक भत्किएर जाने भएकाले त्यसलाई हटाउन रोक्ने काम गरी सडक मर्मतको काम उक्त क्षेत्रमा टोल विकाश मार्फत नागरिकले गरिरहेका छन् ।

मेची राजमार्गले छोएर झापा र भारतसँग सिमाना जोडिएको उक्त गाउँपालिका भौगोकी रुपमा निक्कै बिकट छ । आफ्नै पालिकाका कतिपय वडा जानका लागि झापा भएर मात्र पुगिन्छ । नागरिकको सहभागितामा विकाशका सानातिना काम गर्दा पालिकाको खर्च समेत कम भएर जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार चौहानले जानकारी दिनुभयो । उहाँले नागरिक आफैँ सहभागि भएर गरिएका काममा नागरिकको समेत दायित्व र अपनत्व हुने भएकाले श्रम संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो ।

स्थानीयले सडक मर्मतदेखि संरक्षणका काम गर्न थालेपछि अहिले गाउँपालिकाको मुहार फेरिँदै गएको छ । उक्त अभियानका कारण पालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थल समेत स्वच्छ र सफा बन्दै गएको चामेटार टोल विकास संस्थाका अध्यक्ष प्रदिप भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाले कार्यविधि बनाएपछि हामीलाई सबैलाई काममा एकजुट गराउन सहज भएको छ, आफनो गाउँ आफैँ बनाउनुपर्छ भन्ने संस्कृतिको यो अभियानले विकास गरेको छ ।’’ श्रम अभियानमा पालिका र वडाका जनप्रतिनिधि समेत सँगसँगै खटने गरिएको गाउँपालिका विष्णुमाया खवासले जानकारी दिनुभयो ।

कृषि क्षेत्रअन्तर्गत गुन्द्रुक, करेला, सिस्नो , कुचो, बेसार, मह लगायतको उत्पादन, ब्राण्ड्रिङ र बजारी करणमा लागेको गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि मासिक रुपमा अविभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल