alliance khabar

आइतबार, भाद्र १५, २०८२

बागलुङ, भदौ १५ गते ।

 जिल्लाको गलकोटका एक युवती गैरकानुनी रूपमा विदेश जाँदा हिंसामा परिन् । ती महिला पर्यटक भिसामा ओमान गएकी थिइन् । गैरकानुनी रूपमा घरेलु कामदार बस्दा हिंसामा परेर ती महिलाले धेरै दुःख पाइन् । हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन त सकियो तर राहत, बिमा रकम र अन्य सेवा भने पाउन सकिनन् ।

बिनाश्रम स्वीकृति साउदी अरब पुगेका बागलुङ नगरपालिका–८, सिगानाका एक युवाको गत पुस २८ गते निधन भयो । बिरामी पर्दा साउदी अस्पतालमा उपचार गर्न श्रम स्वीकृति चाहियो । घरपरिवारले नेपालमै झिकाएर उपचार गराउन खोजे पनि प्रक्रिया झन्झटिलो हुँदा बिमारले थलिएका उनको कोठामै निधन भयो । परिवारकै खर्चमा उनको शव नेपाल ल्याउन तीन महिना लाग्यो । बिमा र पारिश्रमिक नभएपछि परिवार अहिले ठुलो आर्थिक सङ्कटमा छ । श्रम स्वीकृति लिएको भए उहाँले कम्तीमा २५ लाख रुपियाँ बिमा रकम र अन्य क्षतिपूर्ति पाउनुहुन्थ्यो । बागलुङ नगरपालिका–३ का अर्का युवाको गत वर्ष रोमानियामा निधन भयो । एउटा कम्पनी भनेर अर्कोमा काम गरेकाले ड्युटीमै निधन भएर पनि उनको शव ल्याउन चार महिना लाग्यो । श्रम सम्झौता गरेकाले बिमा रकम पाए पनि कम्पनी फरक परेकाले राहतस्वरूप पाउनुपर्ने २० लाख रुपियाँ पनि गुम्यो । राहत रकमका लागि पहल भने भइरहेको आप्रवासी स्रोतकेन्द्र (सामी) ले जनाएको छ ।

गत आर्थिक वर्ष मात्रै श्रम स्वीकृति नभएका, गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा गएकामध्ये २० जना विदेशमा बिरामी परेका थिए । उनीहरूले उपचार खर्च पाउन सकेनन् । केन्द्रको पहलमा १४ जनाको क्षतिपूर्ति र राहत रकम दिलाउन नसकेपछि बिमा रकम भने समयमै उपलब्ध गराउन सामीले जनाएको छ । छ जनाको अझै प्रक्रियामा रहेको छ भने परिवारले पाउनुपर्ने रकम नपाएपछि विदेशमा आफन्तको मृत्यु हुँदा नेपालमा बस्नेले ऋणको भारी बोक्नु परेको छ ।

गत वर्ष बागलुङबाट विदेश गएका १० जनाको विदेशमै मृत्यु भयो । उनीहरूको शव ल्याउन पहल भएको थियो । वैदेशिक रोजगारीमा जाने क्रममा ७८ युवा ठगिएका छन् । तीमध्ये २७ जनाको प्रमुख जिल्ला अधिकारीमार्फत केन्द्रले रकम असुलउपर गरेको छ । कतिपयको त प्रमाण नहुँदा अलपत्र छन् । गैरकानुनी आफन्तको पमा गएकै कारण तीन जना विदेशमै बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल