alliance khabar

आइतबार, भाद्र १५, २०८२

धनगढी, भदौ १५ गते ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँले यस प्रदेशमा विशेष महत्वका साथ परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वले आपसी प्रेम, सदभावलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

गौरा पर्वको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, समृद्धि, उत्तरोत्तर प्रगति र सुस्वास्थ्य दीर्घायुको शुकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश प्रमुख मियाँले गौराले नेपालको मौलिक संस्कृति, परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा टेवा पु¥याउने कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

हरेक वर्ष भाद्र शुक्लपञ्चमीदेखि अष्टमीसम्म मनाइने यो पर्वमा अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन) मा पार्वती शिवको पूजापाठ गर्ने चलन रहेको उहाँको भनाइ छ ।

प्रदेश प्रमुख मियाँले यस पर्वको अवसरमा स्थानीयहरुले देउडा, धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने चलन रहेको बताउनुभयो । घर परिवारबाट टाढा रहेका आफन्तहरुसमेत पर्व मनाउन आफ्नो घर फर्किने भएकाले पारिवारिक मिलनमा पनि यो पर्वले विशेष महत्व राख्ने गरेको उहाँको भनाइ छ ।

गौरा पर्वले सामाजिक सदभावसहित सम्पूर्ण नेपालीहरुबिच भावनात्मक एकता र आपसी भाइचारा अभिवृद्धि गर्दै नयाँ उमङ्ग र हौसलाको साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासहित उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल