alliance khabar

आइतबार, भाद्र १५, २०८२

चन्द्रपुर (रौतहट), भदौ १५ गते ।

 रौतहटको जंगलसहिया साझेदारी वन क्षेत्रमा  बाघ देखापरेको छ । साझेदारी  वनको जंगलसहिया  धनसर सडक क्षेत्र नजिक शनिबार बाघ  देखा परेको जंगलसहिया सव डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत विनोद जेठाराले जानकारी दिनु भयो ।

बाघ देखिएकोले  आसपासका बस्ती र यहाँ दैनिक रुपमा आवतजावत गर्ने सर्वसाधारण नागरिकहरूले  उच्च सतर्कता अपनाउनु पर्ने  उहाँले बताउनु भयो ।  बाघले जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने भएकाले घरपालुवा जनावर  जंगल नजिक चराउन नलैजान वन अधिकृत जेठाराले  अनुरोध गर्नु भएको छ । सो क्षेत्रमा राति एक्लै हिँड्ने वा बाइकमा यात्रा गर्नेले सुरक्षामा  विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको वन अधिकृत जेठाराले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल