alliance khabar

शुक्रबार, भाद्र १३, २०८२

गुल्मी, भदौ १३ गते ।

 गुल्मीमा कालिगण्डकी करिडोरसहित दुई सडक अवरुद्ध भएका छन् । वर्षाका करण यस जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–२, राक्सेमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

शुक्रबार बिहान करिब ६ः२५बजेको समयदेखि कालिगण्डकी करिडोरको गुल्मी खण्ड पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गल्मीले जनाएको छ । त्यस्तै, वर्षाका कारण रिडी–वामी सडक अवरुद्ध भएको छ ।

यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर–६, अन्तर्गतको रिडी–वामी सडक खण्डमा पर्ने डहरे खोलामा पानीको बहाव बढ्दै गएको हुँदा आज बिहान ५ः५० बजेको समयदेखि सडक अवरुद्ध छ ।

दुवै स्थानको अवरुद्ध सडक खुलाउनका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुलमीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकरी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल