alliance khabar

बिहिबार, भाद्र १२, २०८२

सिन्धुपाल्चोक, भदौ १२ गते ।

 घनाबस्ती बस्तीमुनिको बिशाल इको पहिरोका कारण भोटेकोशी गाउँपालिका–२ का सय बढी घरबस्ती उच्च जोखिममा परेको छ । वर्षातले इको पहिरो बगिरहेको र तल भोटेकोशी नदीको वाहवले पहिरो तानिरहेपछि इको पहिरोमाथिका बस्ती उच्च जोखिममा परेका छन् ।

बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत तातोपानी नाकास्थित इको पहिरो बग्ने र भासिने क्रम नरोकिएपछि पहिरोमाथिका बस्तीहरु उच्च जोखिममा परेको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । इको पहिरोमाथि चौकीडाँडा, गुम्बाडाँडा, मिलनबजार, लालविरचोक, कोदारी गुम्बा क्षेत्र, कुदुङ गाउँ, तक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बा लगायतका घरबस्ती उच्च जोखिममा परेको उहाँले पीडा सुनाउनुभयो ।

निरन्तरको वर्षातले दैनिक रुपमा इको पहिरो बगिरहेका छ । सो पहिरो घरबस्ती डिलमा पुग्न थालेको छ । पहिरोको खतराका कारण उक्त घरगाउँका स्थानीयहरु घरमा ताला लगाएर अन्यत्र सरेका छन् । कतिपय स्थानीयहरु बाह्रबिसे, तातोपानी बजार, कोदारीबजार, खोकुण्डोल, चाकुलगायत राजधानीतर्फ विस्थापित भएका छन् । अन्यत्र गएर बस्न नसक्ने अवस्थाका कतिपय स्थानीयहरु जोखिम मोलेर पहिरो माथिका बस्तीमा बस्न बाध्य छन् । उनीहरु सुरक्षित स्थानका लागि स्थानीय सरकारसँग आग्रह गरिरहेका छन् ।

इको पहिरोलाई दिगो रुपमा नियन्त्रण गरेर सडक र बस्तीलाई संरक्षण गर्न वडा अध्यक्ष कुमार श्रेष्ठ पहलमा प्रतिनिधि सभा १ मा माधव सापकोटा नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की र पदाधिकारी, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारी, राजनीतिक दलको प्रतिनिधिहरुले केही साताअघि भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । मन्त्री दाहालको निर्देशनमा सडक बिभागका सुपरिडेन्टेन्ट इन्जिनियर समेत रहेका भूगोलबिद् शुभराज न्यौपानेको टोलीले इको पहिरो, सडक र जोखिमयुक्त बस्तीको स्थलगत अवलोकन गरेर फर्केको थियो । उक्त टोलीको स्थलगत अवलोकनपछि दिगो रुपमा पहिरो नियन्त्रण, बस्ती संरक्षण र सडकको स्त्तरोन्नतिबारे काम अघि बढेको आशामा रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

भूगोलबिद्को स्थलगत अवलोकनपछि इको पहिरोमा डिलिङ मेसिन प्रयोग गरेर पहिरोभित्रको पानी बाहिर फालिन थालिएको छ । सडक डिभिजन कार्यालयले भोटेकोशी नदी किनारामा ग्याबिन जाली लगाउँदै मर्मतसम्भारका काम थालिरहेको छ । तातोपानी भन्सार क्षेत्रमा कार्यरत मजदुरहरुले श्रमदानमार्फत इको पहिरोमा नयाँ ट्रयाक खोल्न खटिरहेका छन् । उनीहरुलाई नेपाल हिमालय सीमापार वाणिज्य संघले खाजाको प्रबन्ध मिलाएको अध्यक्ष कार्कीले बताउनुभयो । बर्षाले सडक, बस्तीलाई थप क्षति नहोस् भनेर आडो ट्रान्सपोर्ट कम्पनीले ६ वटा ठूलो प्लाष्टिक रोल पहिरो स्थलमा ओढाएको छ ।

पहिरो र बस्ती जोगाउन स्थानीयवासी, नाका आवद्ध विभिन्न व्यापारिक संघसंस्था, राजनीतिक दल, व्यापारी व्यवसायीहरुले सरकारसँग माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल