Roshan Pokharel

शुक्रबार, आषाढ २२, २०८०

काठमाण्डौं ।
क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई गीतमा देखाइएको छ । परदेशीभुमीमा गरेको परिश्रम र स्वदेशमा डाडाँ पाखामा घाँस दाउरा गर्दै आफनो जिवन यापन गरिरेहेकी एक नारीको वेदनालाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ ।

मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताइन । मौलिक पन र नेपाली माटो र घरातललाई गीतमा समेटन खोजिएको छ ।

विकाश चौधरीको संगीत तथा रुपन सिंह गुरुङ्गको एरेन्जमा तयार गरिएको गीतमा खेम थापा मगरको छायाँकन ,विर बहादुर थारुको सम्पादन तथा दयाराम घिमिरेको निर्देशन गीतमा रहेको छ । गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए ।

‘‘फर्कि आउ मेरो हजुर ’ पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल