alliance khabar

मंगलबार, साउन २७, २०८२

नेपालगन्ज, साउन २७ गते ।

 अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेर जुत्ता चप्पल बजारमा पठाउने बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपियाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले बजार अनुगमन गर्दा नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकपुरस्थित गुरदास फुटवेयर इण्डष्ट्रीले एमआरपी उल्लेख नगरी बजारमा उत्पादन बिक्री वितरण गरेको देखिएपछि दुई लाख रुपियाँ जरिवाना गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरिबहादुर खत्रीले बजार अनुगमनको क्रममा सो कारखानाले आफ्ना उत्पादनमा अधिकतम खुद्रा मूल्य नराखेरै उत्पादन बजारमा बिक्रीका लागि पठाइएको पाइएकोले कारवाहीस्वरुप दुई लाख रुपियाँ जरिवाना गरिएको बताउनुभयो ।

उत्पादित कुनै पनि सामानमा एमआरपी उल्लेख नगरी बजारमा बिक्री वितरण गर्न नहुने जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले कुनै पनि उद्योग वा कारखानाले त्यस्तो नगर्न अनुरोध गरेको छ ।

नेपालगन्ज २० स्थित गुरदास फुटवेयरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (क) बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका विभिन्न पाँच वटा जुत्ताचप्पल उद्योगको अनुगमन गर्दा गुरदास फुटवेयरले आफ्नो उत्पादनमा एमआरपी नराखेको पाइएको थियो ।

सोही प्रकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले केही दिन अघि नेपालगन्जको न्यू रोहित आइसक्रिम उद्योगलाई पनि अखाद्य आइसक्रिम बिक्री गरेको जनाउँदै दस हजार रुपियाँ जरिवाना गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल