alliance khabar

आइतबार, साउन २५, २०८२

काठमाडौँ, साउन २५ गते ।

नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो ।

जित्नै पर्ने खेलमा नेपालले लज्जासपद हार खेप्यो । एकपक्षीय खेलमा उत्तर कोरियाले पहिलो हाफमा पाँच र दोस्रो हाफमा ६ गोल गरेको थियो । जितसँगै उत्तर कोरियाले तीन खेलबाट नौ अङ्क जोड्दै सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपबमे ढोका खोलेको छ । दक्षिण कोरियाले समूहको पहिलो खेलमा

साउदी अरेबियालाई १५–० र दोस्रो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । नेपालले मान खेलमा चार अङ्क बनायो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो ।

दोस्रो खेलमा नेपालले साउदी अअरेबियालाई १–० गोलले हराएको थियो । सिङ्गल राउन्ड रोविन लिगका आधारमा सञ्चालित छनोट खेलमा शीर्ष टोली छनोट हुने प्रावधान थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल