alliance khabar

मंगलबार, साउन १३, २०८२

काठमाडौँ, साउन १३ गते ।

कर्णाली विकास बैङ्कको रकम हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरेको छ । सिआइबीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको अनुसन्धान प्रतिवेदनमा १११ जना प्रतिवादीविरुद्ध तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ बिगो मागदाबी गरिएको छ ।

सिआइबीका आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उक्त बैङ्कको रकम हिनामिनामा संलग्न बैङ्का संस्थापक तथा अध्यक्ष पशुपति दयाल मिश्र, प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्रविक्रम राय, लेखा प्रमुख वेदप्रकाश सिंह ठकुरी र नेपाल राष्ट्र बैङ्कका पूर्वअनुमगन अधिकृत भुवन बस्नेत पक्राउ परिसकेका छन् ।

उनीहरूबाहेक १०४ जना अझै फरार रहेको र आरोपीमध्ये चार जनाको मृत्यु भइसकेकाले उनीहरूमाथि मुद्दा चलाउन नपर्ने सिफारिस गरिएको बोगटीले जानकारी दिनुभयो ।

प्रतिवादी बनाइएकामा तत्कालीन सञ्चालक समितिका तीन जना अध्यक्ष, आठ जना समितिका पदाधिकारी, चार जना सेयरधनी, तीन जना कार्यकारी अधिकृत, ४२ जना कर्मचारी, ४० जना ऋणी, एक जना मूल्याङ्कनकर्ता, एक जना नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी र छ जना आन्तरिक तथा बाह्य लेखा परीक्षक रहेको पाइएको छ ।

मुख्य आरोपी मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवार भई पराजित हुनुभएको थियो । यस प्रकरणबारे अनुसन्धान गरिरहेको सिआइबीको विशेष टोलीले बाँकेमै रहेर अनुसन्धान गरेको थियो । सिआइबीले बुझाएको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयले हाल अध्ययन गरिरहेको र बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारीमा रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल