alliance khabar

आइतबार, साउन ११, २०८२

काठमाडौँ, श्रावण १० गते ।

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका पूर्व अध्यक्ष खगेन्द्र खत्री सम्मानित हुनुभएको छ।

ट्रेड युनियन काँग्रेस, बागमती प्रदेश समितिद्वारा शनिबार आयोजित “Trade Union Senior Leaders and Bagmati Province Past Two Years Experience with Upcoming Plan” शीर्षक कार्यक्रमको अवसरमा  पूर्व अध्यक्ष  खगेन्द्र खत्रीलाई दोसल्ला ओडाएर सम्मान गरेको हाे।

कार्यक्रममा पूर्व अध्यक्ष खत्रीको नेतृत्वकालमा गरिएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदेश समितिले औपचारिक रुपमा सम्मानपत्र प्रदान गरेको हो। कार्यक्रममा , नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्ला समितिले  समेत उहाँलाई  बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

कार्यक्रमको सभापतित्व नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश अध्यक्ष गणेश भट्टराईले गर्नु भएको थियो भने प्रमुख अतिथि संविधान सभा पूर्व सदस्य तथा ट्रेड युनियन काँग्रेसका पूर्व केन्द्रीय महासचिव अच्युतराज पाण्डे रहनु भएको थियो। कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका विभिन्न संरचनाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बागमती प्रदेशका ट्रेड युनियन नेताहरूको उपस्थिति रहेको थियो भने उनीहरूले विगत दुई वर्षको अनुभव साटासाट गर्दै आगामी योजनाहरू प्रस्तुत गरेका थिए।

यो सम्मानले बागमती प्रदेशको श्रमिक आन्दोलनमा पुरानो नेतृत्वको योगदानको कदर गरेको सन्देश दिएको कार्यक्रम सहभागीहरूले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल