alliance khabar

बुधबार, साउन ०७, २०८२
  • दक्षिण कोरियामा जन्म भएका नवजात शिशुको सङ्ख्या एक लाख छ हजार ४८ रहेको छ । यो देशको अघिल्लो बषैको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि हो रसन् १९८१ मा तथ्याङ्क सङ्कलन सुरु भएयताको सबैभन्दा उच्च वृद्धि दर हो ।

सियोल, साउन ७ गते ।

 दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा कीर्तिमानी वृद्धि हासिल गरेको तथ्याङ्क निकायका अधिकारीले बुधबार बताएका छन् ।

यो देश विश्वको सबैभन्दा लामो जीवन प्रत्याशा र सबैभन्दा कम जन्म दर भएको मुलकमध्ये एक हो ।  यो संयोजनले बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गरेको छ ।

सियोलले महिलाहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिरता कायम गर्न अर्बौं डलर खर्च गरेको छ ।

“जनवरीदेखि मे महिनासम्मको पाँच महिनाको अवधिमा दक्षिण कोरियामा जन्म भएका नवजात शिशुको सङ्ख्या एक लाख छ हजार ४८ रहेको छ । यो देशको अघिल्लो बषैको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि हो रसन् १९८१ मा तथ्याङ्क सङ्कलन सुरु भएयताको सबैभन्दा उच्च वृद्धि दर हो,” कोरियाली तथ्याङ्क कार्यालयका अधिकारी काङ ह्युन–योङले भन्नुभयो ।

दक्षिण कोरियाले एक दशकभन्दा बढी समयपछि पहिलो पटक शिशुको जन्मदर र सङ्ख्यामा वृद्धि भएको अनुभव गरेको हो ।

सन् २०२४ मा नवजात शिशुको सङ्ख्या अघिल्लो वर्षको तुलनामा आठ हजार ३०० अर्थात् ३.६ प्रतिशतले बढेर दुई लाख ३८ हजार ३०० पुगेको छ ।

विशेषगरी, अप्रिलमा, एक बर्षको अवधिमा सबैभन्दा बढी शिशुले जन्म लिएका छन् । यो अघिल्लो बर्षको सोही महिनाको तुलनामा ८.७ प्रतिशतले वृद्धि हो । अप्रिलमा जन्म भएका कूल शिशुको जन्म सङ्ख्या २० हजार ७१७ रहेको थियो ।

पछिल्लो आँकडाले सन् २०२४ को सुरुदेखि नै तीव्र परिवर्तनलाई सङ्केत गरेको छ । सन् २०२४ को जनवरी–मे अवधिमा जन्म सङ्ख्या अघिल्लो वर्षको तुलनामा २।७ प्रतिशतले घटेको थियो।

मे महिनामा प्रजनन दर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या ०.७५ कायम भएको थियो ।

पाँच करोड १० लाख जनसङ्ख्या कायम राख्न २१ लाख बालबालिकाको प्रजनन दर आवश्यक पर्छ ।

सियाटलस्थित ‘युनिभर्सिटी अफ वासिङ्टनको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’का अनुसार हालको दरमा सन् २१०० सम्ममा जनसङ्ख्या करिब आधा भएर दुई करोड ६८ लाख पुग्नेछ ।

विवाह सहसम्बन्ध 

काङले एएफपीसँग भन्नुभयो, “३० वर्षभन्दा कम उमेरका महिलाको सङ्ख्यामा भएको वृद्धिका कारण विवाहमा वृद्धि भएको हो ।

उहाँले भन्नुभयो, “दक्षिण कोरियामा विवाह र बच्चा जन्माउने बिषयबीच बलियो सम्बन्ध छ र यो बर्षको पहिलो पाँच महिनामा बच्चा जन्म बढ्नुलाई पनि गत बर्ष भएको बिबाह सङ्ख्यामा देखिएको वृद्धि जिम्मेवार देखिन्छ ।”

सन् २०२४ मा दक्षिण कोरियामा विवाहको सङ्ख्यामा १४.८ प्रतिशतले वृद्धि भएको थियो । गत बर्ष कूल दुई लाख २० हजारभन्दा बढी दम्पतीले विवाह गरेका थिए।

बच्चा हुर्काउन सहयोग पुर्‍यउन बनाइएका थुप्रै सरकारी सुविधाहरूले कानुनी रूपमा विवाह नगरेका आमाबाबुलाई समेट्दैन ।

विश्लेषकहरूका अनुसार जन्मदरमा ह्रास आउनुमा बच्चा हुर्काउँदा लाग्ने खर्चको मूल्य बढी हुनु रहेको छ । यसले प्रतिस्पर्धात्मक गतिविधिलाई समाजमा सुरक्षित गर्न गाह्रो बनाउँदछ ।

“कामकाजी आमाहरूका लागि घरको काम र बच्चाको हेरचाहको बोझ व्यवस्थापन गर्नु र आफ्नो करियरलाई कायम राख्नु अर्को प्रमुख कारक हो,” उनीहरू भन्छन् ।

यो प्रवृत्तिलाई उल्टाउन दक्षिण कोरियाली सरकारले नगद अनुदान, अस्थायीरूपमा बच्चाहको रेखदेख ९बेबिसिटिङ० सेवा र बाँझोपनको उपचारमा सहयोग प्रदान गर्छ ।

मोनाकोपछि विश्वकै दोस्रो सबैभन्दा धेरै बुढ्योली जनसङ्ख्या भएको छिमेकी मुलुक जापान पनि यही समस्यासँग जुधिरहेको छ र देशको अध्यागमनसम्बन्धी तुलनात्मक रूपमा कडा नियमका कारण यसले बढ्दो श्रम अभावको सामना गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल