मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा रोकिएको कार्य बन्नाले नयाँ कार्यप्रति जोश जाग्नेछ । शुभ चिन्तकहरूको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ । पारिवारिक समस्याहरू सुल्झिनेछन् । साताको अन्तिममा पराक्रमले आँटेका कार्य सफल हुनेछन् । आफूभन्दा साना भाइबहिनीहरूको साथ मिल्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । नयाँ कार्य प्रति जोश जाग्नेछ । साताको मध्यमा समाजमा मान प्रतिष्ठा बढ्नेछ । दायित्व निर्वहनमा सफलता मिल्नेछ । साताको अन्तिममा साहित्य वा कलाको क्षेत्रमा विशिष्ट सफलता मिल्ला । नयाँ योजनाहरू कोरिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा व्यापार व्यवसायमा मनज्ञ लाभ रहनेछ । नयाँ कार्यको थालनी हुनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर खानपानमा ध्यान राख्नुहोला । आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । साताको अन्तिममा सेवा मुलक कार्यले समाजमा प्रतिष्ठित बनाउनेछ । उत्साह र आत्मबलमा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । अधिकारीहरु बाट सम्मान पाइनेछ । साताको मध्यमा शेयर बजारबाट मनग्य लाभ मिल्नेछ । पायक स्थानमा भ्रमणका योग छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा सांस्कृतिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साताको मध्यमा घरपरिवारमा कार्यकुशलताको तारिफ हुनेछ । सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । साताको अन्तिममा माननीय जनहरूको सहयोगले अड्केको कार्य पुन: प्रारम्भ हुनेछ । टाढिएका आफन्तहरूसँग रमाइलो भेट हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर वेवस्था नगर्नुहोस् । अवसरवादीहरूबाट सावधान रहनुहोला । साताको मध्यमा महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् । भाग्यको साथ मिल्नेछ । साताको मध्यमा आयआर्जनका नयाँ स्रोतहरू मिल्नेछन् । पछिको लागि लगानी लगाउने अवसर प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको मध्यमा श्रमको उचित मूल्यांकन नहोला । फजुल खर्चदेखि बच्नुहोस् । साताको अन्त्यमा विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ । इष्टमित्रहरूबाट नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । साताको मध्यमा भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ । नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट पुरस्कृत भइनेछ । साताको अन्त्यमा जीवनशैलीमा धेरै व्यस्त हुनाले घरपरिवारमा समय दिन नसकिएला । सामाजिक सञ्जालमा बोल्दा शब्द चयनमा विशेष ध्यान दिनुहोला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा परिवारको साथ र सहयेगले कार्यप्रति उत्साह जाग्नेछ । मित्रताको बन्धन कसिनेछ । साताको मध्यमा स्वास्थ्य कमजोर हुनाले सोचेजस्तो उपलब्धि तत्काल नपाइएला । लगनशीलताको राम्रो प्रतिफल मिल्नेछ । साताको अन्तिममा बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा पारिवारिक सद्भावमा वृद्धि हुनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा शैक्षिक क्षेत्र फराकिलो हुनेछ । बुद्धिको उपयोगले कार्य सिद्ध गर्न सकिनेछ । साताको अन्त्यमा श्रमको उचित मूल्यांकन मिल्नेछ । गुरुजनहरूको मार्गदर्शन मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनेछ । साताको मध्यमा मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिनेछ । विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा प्रयत्न गर्दा ठूलो कार्य सम्पादन हुनेछ । पहिला गरिएको कामको उचित प्रतिफल मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा बोलिको प्रभावले बनिरहेको कार्यमा बाधा आउन सक्ला, सावधान रहनुहोस् । अरुको लागि उपयोगी भइनेछ । साताको मध्यमा नोकरी वा पेशामा प्रभाव बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । साताको अन्तिममा समस्या दर्साऊदा सहयोगीहरूले साथ दिनेछन् । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।