alliance khabar

आइतबार, साउन ०४, २०८२

काठमाडौँ, साउन ४ गते।

 प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भएको भेटवार्ता सकिएको छ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच आइतबार दिउँसो छलफल भएको हो।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको जानकारी दिनुभएको हो।

सञ्चारकर्मीको पार्टी सदस्यता नवीकरण भयो या भएन भन्ने जिज्ञासामा उहाँले त्यो कुरा नभनी राष्ट्रिय राजनीतिको विषयमा मात्र कुराकानी भएको जानकारी दिनुभयो ।

पार्टी सदस्यताको नवीकरणको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उहाँले भन्नुभयो, “त्यो कुरा पछि भनौंला । उहाँसँग चाहिँ आज राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भयो । अरु विषय तपाईंलाई आधिकारिक च्यानलबाट थाहा हुन्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल