alliance khabar

आइतबार, साउन ०४, २०८२
  •  ज्यो.पं. हरिप्रसाद भण्डारी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सञ्चार र नेटवर्किङमा अलमलिने सम्भावना छ । पराइसँग व्यवहार गर्दा शब्द र प्रस्तुतिमा ध्यान पुर्‍याउनुहोला । आम्दानी सहज देखिए पनि खर्चमा होसियार रहनुपर्छ । अत्यधिक बोलाइभन्दा संकेत र हाउभाउका माध्यमबाट काम बन्ने समय हो ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सरकारी वा प्रशासनिक समस्याको समाधान हुनेछ । प्रतिष्ठा र धनमा वृद्धि देखिन्छ । व्यापारमा प्रगति हुनेछ । तर अहंकारबाट टाढा रहनु उपयुक्त हुन्छ । पारिवारिक सुख र वैवाहिक सम्बन्धमा मिठास रहने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
थकान, दुविधा र बोझ महसुस हुन सक्छ । आर्थिक निर्णयमा होसियार रहनुहोस् । ठूला योजनापछि मात्र काम थाल्नुहोला । आर्थिक संकटको सम्भावना रहन सक्छ, त्यसैले सतर्कता जरुरी छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक रुपमा विशेष दिन हो । सहकर्मी वा जीवनसाथीसँग सम्बन्धमा मिठास आउनेछ । व्यवसाय र काममा प्रगति हुने संकेत देखिन्छ । जिम्मेवारी बढ्न सक्छ, तर प्रयास सफल हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कर्मठ भएर काम गर्नुपर्ने दिन हो । जीवन साथीसँग सन्तुलन राख्नुपर्छ । परीक्षामा राम्रो नतिजा आउने संकेत छ । वरिष्ठ कर्मचारीको साथ र मान्यजनको आशीर्वादले सफलता प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक र परोपकारी कार्यमा रुचि बढ्नेछ । ज्ञान र आम्दानी दुवैमा वृद्धि हुनेछ । परिश्रम गरे अनुसार भाग्यले साथ दिनेछ । वैदेशिक काममा पनि सफलता पाउन सकिने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कडापन र निरंकुश व्यवहारले समस्या ल्याउन सक्छ । मानसिक चिन्ता र डरबाट बच्न एकान्त वा आध्यात्मिक साधनाको सहारा लिनु उपयुक्त हुनेछ । लेनदेनमा सतर्क रहनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोग र सौहार्दपूर्ण वातावरण रहनेछ । नयाँ कामको सुरुवात गर्ने समय हो । आफन्त र प्रियजनसँग भेटघाट रमाइलो बन्नेछ । सृजनात्मक उर्जाले प्रेरणा दिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवार र सहकर्मीले कुरा नबुझ्दा दिक्क लाग्न सक्छ । मानसिक तनाव र उल्झन हुन सक्छ । तथापि, सामाजिक प्रतिष्ठा र पदोन्नतिको योग देखिन्छ । धैर्य र विवेक आवश्यक छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामको प्रस्ताव आउन सक्छ । प्रेम र पारिवारिक सम्बन्धमा सुखद अनुभूति हुनेछ । आजको मिहिनेत भविष्यका अवसरको ढोका खोल्नेछ । विशेष सफलता मिल्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारी र सहकार्यका क्षेत्रमा दौडधूप बढ्नेछ । आर्थिक सन्तुलन कायम रहनेछ । रमझममा भुलेर अध्ययनमा असर नहोस् भन्नेतर्फ ध्यान दिनुहोस् । अफवाह वा आलोचनाबाट खिन्न नहुनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तित्व विकास र आत्मविश्वास बढाउने समय हो । परीक्षा वा अन्तर्वार्तामा सफलता मिल्ने सम्भावना छ । आपसी सम्बन्ध सुदृढ गर्न प्रयास गर्नुहोस् । कार्य क्षेत्रमा उल्लेखनीय सफलता मिल्नेछ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल