मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोस्, नत्र रमाइलो र आनन्दको वातावरणमा अचानक निराश हुनुपर्ने परिस्थिति आउन सक्छ । स्वनिर्णयमा गरिएको काममा सफलता मिल्नेछ, तर महत्वाकांक्षी काममा जानकारको सुझाव लिनु उत्तम हुनेछ । आम्दानीमा उतारचढाव देखिन सक्छ, सानो लापरवाहीले पनि जरिवाना वा दण्डको जोखिम रहन्छ । सकेसम्म आफ्नै काममा ध्यान केन्द्रित गर्नुहोस् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सजावट तथा भाँडाकुडा खरिद गर्न अनुकूल समय हो । घर व्यवहार र दैनिक काममा व्यस्त रहनुपर्ला । आफुभन्दा साना वा कमजोर भाइबहिनीलाई सल्लाह दिने समय हो । संस्कार र संस्कृतिको शिक्षामा रुचि बढ्नेछ । अदालत वा अड्किएको काम सम्पादन गर्न प्रयास गर्नु फलदायी हुनेछ । बाँकी बक्यौता रकमसमेत मिल्न सक्ने सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महत्त्वाकांक्षी योजनाहरू पूरा हुने दिन हो । सकारात्मक सोचले विवाद तथा समस्याको समाधान गर्न सकिनेछ । व्यक्तित्व विकासका लागि उचित समय छ । पार्टनरबाट खुसीको खबर सुन्न पाइनेछ । दाजुभाइ वा मिल्ने साथीबाट पनि शुभ समाचार प्राप्त हुनेछ । आजको दिन समग्रमा खुसियालीको रहने सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इज्जत र प्रतिष्ठा गुम्ने खालको काम नगर्नुहोस् । पैसा मात्रै जीवनको सबैथोक होइन, कर्तव्य र स्वास्थ्यतर्फ पनि ध्यान दिनुहोस् । घर परिवार र छरछिमेकका काममा खट्नुपर्ने दिन हो । बहुप्रतीक्षित इच्छा पूर्ति हुने संकेत छ । पढाइमा साथी वा शिक्षकबाट सहयोग पाइने समय हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिढचिढोपन र थकान बढ्न सक्छ, तर कामबाट छुट्टी पाउन गाह्रो हुनेछ । मनले नचाहेको कामबाट टाढा रहनु नै राम्रो । यन्त्र वा उपकरण प्रयोगमा सावधानी अपनाउनुहोस् । विवादमा नपर्नु राम्रो हुन्छ । पार्टनरको चिन्तामा मात्र केन्द्रित नहुने, आफ्नो मन र स्वास्थ्यतर्फ पनि ध्यान दिनु जरुरी हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अप्ठ्यारा परिस्थिति पनि सहज बनाउन सकिने दिन हो । कार्य क्षेत्रबाट फुर्सद निकालेर आनन्दमा रमाउने समय हो । प्रेमभाव प्रकट गर्न उपयुक्त दिन हो । पार्टनरको इच्छा अनुसार चल्दा काममा असर पर्न सक्छ, त्यसैले महत्त्वपूर्ण काम पहिल्यै सक्नु राम्रो । ससाना कुरामा विवाद नहोस् भनेर अनावश्यक काममा समय नखर्चिनुहोस् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा केही कमजोरी देखिए पनि मनमा आनन्द र तिर्सना बढ्नेछ । स्वभावमा असामान्यता देखिन सक्छ । घमण्ड र अहंकारले क्षति पुर्याउन सक्छ, त्यसैले आत्मसंयम र गम्भीरता आवश्यक छ । पठन पाठनमा जुट्दा सफलता मिल्नेछ । बहस र तर्कमा विजय पाउन सकिने समय हो ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनका भावना साथीले बुझिदिंदा सम्बन्धमा विश्वास बढ्नेछ । भावना साटासाट हुने समय हो । अनावश्यक खर्च र व्यर्थको व्यस्तता हुन सक्छ । वाणीमा नियन्त्रण राख्नुहोस्, झगडाको योग पनि देखिन्छ । पूर्वअनुभव र सीपप्रति आशावादी बन्नुहोस्, कर्ममा समर्पित रहनुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन प्रेमिल बन्ने समय हो । नयाँ काम र विषयप्रति जागरूकता बढ्नेछ । स्थायी सम्पत्ति र सवारीसाधनको व्यवस्थापनतर्फ आकर्षण बढ्नेछ । भ्रमण वा दौडधूपको कामले आर्थिक सन्तुलन कायम राख्नेछ । कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ, तर हिसाब किताबमा स्पष्ट हुनु राम्रो हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरुको समस्यामा सक्रियतापूर्वक जुट्नुपर्ने दिन हो । यसबाट पढाइमा असर पर्न सक्छ, तर आत्मसन्तुष्टि प्राप्त हुनेछ । धन र प्रतिष्ठाको दृष्टिले लाभदायक समय हो । साझेदारीमा व्यवसाय गर्नु भएको छ भने स्पष्ट संवाद आवश्यक छ । कडा परिश्रमको राम्रो नतिजा प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभाव बढ्नेछ, कलात्मक अभिव्यक्तिमा सफलता मिल्नेछ । सानो प्रयासले भाग्य बलियो बन्नेछ । सञ्चार वा नेटवर्किङले अलमल्याउन सक्छ, शब्द चयनमा सावधानी अपनाउनुहोस् । धन प्राप्ति सहज भएपनि खर्च नियन्त्रण गर्नुपर्छ । खरो बोलीले सेवाग्राही असन्तुष्ट हुन सक्छन्, तर सहकर्मीको सहयोग प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आन्तरिक प्रतिभा र कलात्मकता झल्किने दिन हो । बौद्धिक तथा प्रकाशनसँग सम्बन्धित क्षेत्रमा सफलता मिल्नेछ । परिवारमा सुख सुविधाको वृद्धि हुनेछ । फुटकर सामग्री तथा खाद्य कारोबारमा लाभ मिल्नेछ । अहंकार वा एटिच्युडको प्रभावले सम्बन्धमा असर पर्न सक्छ, जीवनसाथीसँग कुनै कुरा नलुकाउनु नै राम्रो हुन्छ ।