alliance khabar

बुधबार, आषाढ ३२, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज हरेक काममा विशेष सतर्कता आवश्यक छ, विशेष गरी आर्थिक मामिलामा सानातिना खर्चले पनि असर पार्न सक्छ । मन एकाग्र हुन नसक्दा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुनेछ । आत्मभित्रको भावनात्मक द्वन्द्व अरूले बुझ्न नसक्ने समय हो ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विगतको मिहिनेतको प्रतिफल प्राप्त हुने दिन हो । बोनस वा अतिरिक्त आम्दानीको सम्भावना छ । प्रेम सम्बन्ध प्रगाढ बन्दै जानेछ भने उपहार प्राप्तिको सम्भावना पनि छ । नयाँ स्थानको यात्रा वा नयाँ मित्रको संगतबाट आनन्द पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आत्मविश्वास र काम गर्ने जोश बढ्नेछ । पारिवारिक सम्बन्धमा केही निरसता देखिए पनि करियर र व्यक्तित्व विकासतर्फ महत्वपूर्ण अवसर प्राप्त हुनेछ । उच्च शिक्षाको तयारीमा जुटेकाहरूका लागि शुभ समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको सुरुवातका लागि अनुकूल दिन हो । सही समय र स्थान छनोट गर्न सके सफलता पाउने सम्भावना प्रबल छ । घर परिवारलाई समय दिनु उपयुक्त हुनेछ । भावनात्मक विषयमा संयम अपनाउनु राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लेनदेनमा सतर्कता आवश्यक छ, सानो गल्तीले घाटा निम्त्याउन सक्छ । शारीरिक कमजोरी वा स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ । पुरातात्त्विक वा खनिज सम्बन्धी कारोबारमा फाइदा हुन सक्छ । आराम र स्वास्थ्य प्रति सचेत हुनुपर्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाईंको कलात्मक प्रतिभा चम्किनेछ । अभिनय, गायन, डेकोरेशन लगायतका क्षेत्रमा रुचि बढ्नेछ । जीवन साथीको भावना र इच्छालाई प्राथमिकता दिनु आवश्यक छ । गुरुवर्ग र अभिभावकको विश्वास जित्न सकिने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रु वा प्रतिस्पर्धीको गतिविधिबाट सतर्क रहनु पर्ने दिन हो । योजना गोप्य राख्दा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा केही समस्या देखिए पनि भावनात्मक आदानप्रदानले मन शान्त हुनेछ । आर्थिक समस्या समाधान हुने संकेत देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोराछोरीको प्रगति देखेर हर्षित हुने दिन हो । पढाइ वा लेखनमा मन लगाउनु लाभदायक हुनेछ । बौद्धिक कार्य र अध्यात्मप्रति आकर्षण बढ्नेछ । सृजनात्मक क्षमताबाट मान–सम्मान प्राप्त हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक तनावले मन खिन्न हुन सक्छ, तर आजको मेहनतले भविष्यमा राम्रो परिणाम दिन सक्छ । लापरवाही नगर्नुहोस्, सानो गल्तीले ठूलो क्षति निम्त्याउन सक्छ । साथीसंगीको साथले काम सजिलो बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कसैसँग गहिरो भावनात्मक सम्बन्ध बनाउने दिन हो । कार्य क्षेत्रमा उत्साहजनक परिणाम मिल्नेछ । नयाँ रोजगारी वा व्यापारतर्फ आकषर्ण बढ्नेछ । बोली र व्यवहारबाट मानिसहरू प्रभावित हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ साथी वा सम्बन्धको सुरुवात हुने दिन हो । तर नयाँ लगानी वा निर्णय लिने समय होइन । दैनिक कार्यमा अवरोध आउन सक्छ, वाचा पूरा नगर्दा आलोचना भोग्नुपर्नेछ । सौम्य व्यवहार अपनाउनु लाभदायक हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलताले राम्रो सफलता दिलाउनेछ । भाग्यको साथ पाइनेछ, नयाँ ज्ञान सिक्ने वा अघिका अनुभव प्रयोगमा ल्याएर फाइदा लिने समय हो । मुद्दा मामिलामा पनि सफलता मिल्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल