मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज हरेक काममा विशेष सतर्कता आवश्यक छ, विशेष गरी आर्थिक मामिलामा सानातिना खर्चले पनि असर पार्न सक्छ । मन एकाग्र हुन नसक्दा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुनेछ । आत्मभित्रको भावनात्मक द्वन्द्व अरूले बुझ्न नसक्ने समय हो ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विगतको मिहिनेतको प्रतिफल प्राप्त हुने दिन हो । बोनस वा अतिरिक्त आम्दानीको सम्भावना छ । प्रेम सम्बन्ध प्रगाढ बन्दै जानेछ भने उपहार प्राप्तिको सम्भावना पनि छ । नयाँ स्थानको यात्रा वा नयाँ मित्रको संगतबाट आनन्द पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आत्मविश्वास र काम गर्ने जोश बढ्नेछ । पारिवारिक सम्बन्धमा केही निरसता देखिए पनि करियर र व्यक्तित्व विकासतर्फ महत्वपूर्ण अवसर प्राप्त हुनेछ । उच्च शिक्षाको तयारीमा जुटेकाहरूका लागि शुभ समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको सुरुवातका लागि अनुकूल दिन हो । सही समय र स्थान छनोट गर्न सके सफलता पाउने सम्भावना प्रबल छ । घर परिवारलाई समय दिनु उपयुक्त हुनेछ । भावनात्मक विषयमा संयम अपनाउनु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लेनदेनमा सतर्कता आवश्यक छ, सानो गल्तीले घाटा निम्त्याउन सक्छ । शारीरिक कमजोरी वा स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ । पुरातात्त्विक वा खनिज सम्बन्धी कारोबारमा फाइदा हुन सक्छ । आराम र स्वास्थ्य प्रति सचेत हुनुपर्ने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाईंको कलात्मक प्रतिभा चम्किनेछ । अभिनय, गायन, डेकोरेशन लगायतका क्षेत्रमा रुचि बढ्नेछ । जीवन साथीको भावना र इच्छालाई प्राथमिकता दिनु आवश्यक छ । गुरुवर्ग र अभिभावकको विश्वास जित्न सकिने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रु वा प्रतिस्पर्धीको गतिविधिबाट सतर्क रहनु पर्ने दिन हो । योजना गोप्य राख्दा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा केही समस्या देखिए पनि भावनात्मक आदानप्रदानले मन शान्त हुनेछ । आर्थिक समस्या समाधान हुने संकेत देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोराछोरीको प्रगति देखेर हर्षित हुने दिन हो । पढाइ वा लेखनमा मन लगाउनु लाभदायक हुनेछ । बौद्धिक कार्य र अध्यात्मप्रति आकर्षण बढ्नेछ । सृजनात्मक क्षमताबाट मान–सम्मान प्राप्त हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक तनावले मन खिन्न हुन सक्छ, तर आजको मेहनतले भविष्यमा राम्रो परिणाम दिन सक्छ । लापरवाही नगर्नुहोस्, सानो गल्तीले ठूलो क्षति निम्त्याउन सक्छ । साथीसंगीको साथले काम सजिलो बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कसैसँग गहिरो भावनात्मक सम्बन्ध बनाउने दिन हो । कार्य क्षेत्रमा उत्साहजनक परिणाम मिल्नेछ । नयाँ रोजगारी वा व्यापारतर्फ आकषर्ण बढ्नेछ । बोली र व्यवहारबाट मानिसहरू प्रभावित हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ साथी वा सम्बन्धको सुरुवात हुने दिन हो । तर नयाँ लगानी वा निर्णय लिने समय होइन । दैनिक कार्यमा अवरोध आउन सक्छ, वाचा पूरा नगर्दा आलोचना भोग्नुपर्नेछ । सौम्य व्यवहार अपनाउनु लाभदायक हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलताले राम्रो सफलता दिलाउनेछ । भाग्यको साथ पाइनेछ, नयाँ ज्ञान सिक्ने वा अघिका अनुभव प्रयोगमा ल्याएर फाइदा लिने समय हो । मुद्दा मामिलामा पनि सफलता मिल्ने सम्भावना छ ।