alliance khabar

आइतबार, आषाढ २९, २०८२

पोखरा, असार २९ गते ।

कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्य अनुसार नवीनतम र अत्याधुनिक सेवा प्रदान गर्ने कार्य तीव्र बनाएको हो ।

अस्पतालका निर्देशक डा. अभिषेक मास्केका अनुसार क्यान्सरको उपचारका लागि अत्याधुनिक तथा गुणस्तरीय सेवा प्रदान गर्ने गरी क्यान्सर उपचार विभागको सुरुवात गरिएको हो । उहाँले भन्नुभयो, “विशेष गरी गण्डकी प्रदेशका सबै जसो जिल्लाका क्यान्सरपीडित नागरिकलाई उपचार सेवा प्रदान गर्ने हाम्रो प्रयास हो । गण्डकी प्रदेशबासीले काठमाडौँ वा भारतको दिल्ली जान नपरोस् र खर्च बचत होस् भन्ने नै हाम्रो उद्देश्य हो ।”

डा. मास्केले क्यान्सर उपचारका लागि सुविधासम्पन्न विभाग सुरु गरिएको र विभागले अत्याधुनिक प्रविधिबाटै उपचार गर्ने बताउनुभयो । उहाँका अनुसार रेडियो थेरापी (विकिरण उपचार पद्धति), केमोथेरापी, हर्मोनथेरापी, टार्गेटेडथेरापी, इमुनोथेरापी, अन्को सर्जरी (क्यान्सरको शल्यक्रिया) सहित क्यान्सरका बिरामीलाई चाहिने सबै किसिमको उपचार हुने बताउनुभयो । डा. मास्केले भन्नुभयो, “क्यान्सरको उपचार यसअघि पनि गरिन्थ्यो तर अब स्तरोन्नति गरेर सम्पूर्ण सेवा विस्तार गरिएको छ ।”

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल