Sitaram tamang

शुक्रबार, भाद्र २९, २०८०

काठमाडौं । लामो समय देखि अमेरिकामा बसोबास गरेर निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गीतकार प्रलाद शाहको नयाँ गीत ‘परदेशमा’ केहि समय अगाडी सार्वजनिक भएको छ ।
बाल्यकाल देखि युवाअवस्था सम्म नेपालको बसाई र त्यसपछिको परदेश बसाईपछि एउटा मानिसको आफ्ना मनमा उब्जने कुराहरुलाई गीतकार जस्ताको त्यस्तै गीत मार्फत व्यक्त गर्नु भएको छ ।
खास गरी जीवनको उताराद्धमा आम मानिस जहाँ र जस्तो सुकै अत्याधुनिक जीवनशैली भोगिरहेको भए पनि उसलाई आफ्नो जीवनको युवा र बाल्यकालको सम्झना धेरै आउने कुरालाई गीतकार शाहले ‘परदेशमा’ गीत मार्फत व्यक्त गर्न खोजेको देखिन्छ ।
गायक किरण भुजेलको स्वर, दीपकराज बिश्वकर्माको सगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई राइट ट्युन इन्टरटेन्टमेन्ट ले निर्माण गरेको हो । बिशाल थापाको सीनेमाटोग्राफी,फराजअर्पणको सम्पादन रहेको ‘परदेशमा’ भिडियोमा दर्शकको
सतप्रतिसत सकारात्मक प्रतिक्रिया आएको छ ।
गीतकार शाहका यसअघि मंगली, मेरी आमा, परानै दिन्छु, चानचुन पैसा,भेट हुदा, सयौ कारण, सरला, सितल जुन,तिमीलाई कति माया गर्छु लगायत दर्जनौ गीतहरुलाई पनि दर्शक श्रोताले मन पराइसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल