alliance khabar

शनिबार, आषाढ ०७, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नोकरी प्राप्त हुने सम्भावना छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठन पाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । नाता गाँस्नेहरूले केही दुःख दिनेछन् । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
खर्च लागेपनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ । प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चोट पटकको योग देखिएकाले सवारी साधन तथा हात हतियार उपयोग गर्दा सचेत रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तजनको सहयोगले विशेष फाइदा होला । नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । विवादले मन खिन्न तुल्याउन सक्छ । विभिन्न अवसर प्राप्त हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हात पार्न सकिनेछ । व्यवहारिक झमेला आइलाग्न सक्छन् । तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ व्यापार व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । इच्छा शक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ब्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ कार्य योजना बन्ने र नयाँ कामको सुरुवात समेत हुनेछ । काम सामान्य भएपनि राम्रो आम्दानी हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । मेहनतले जीवनशैलीामा परिवर्तन ल्याउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र काम काजमा अबरोध हुनेछ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागेपनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । मेहनत गर्दा पढाइ लेखाइमा प्रगति हुने समय छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल