alliance khabar

बिहिबार, जेठ २९, २०८२

काठमाडौँ, जेठ २९ गते । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार १० बजेबाट मतदान हुने भएको छ । मतदान विद्युतीय मेसिनबाट मतदान हुने छ । विद्युतीय मेसिनमा मतदाताको अन्तिम नामावली निकालेपछि मेसिनमा उम्मेदवारको नाम सेटिङ गर्नुपर्नेलगायत प्राविधिक कारणले मतदान ढिला भएको बताइएको छ ।

अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले निर्वाचन प्रक्रिया ढिलो गरी सुरु भएको जानकारी दिनुभयो । अनेरास्ववियुको अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुई उपाध्यक्षका लागि नौ जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षतर्फ भरत धामी, राजकुमार ढकाल, विकास श्रेष्ठ, धर्मेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईंको उम्मेदवारी परेको छ । महासचिवमा दीपक धामी, आरके रोमस र सुनिल कँडेलको उम्मेदवारी परेको छ । उपमहासचिव पदमा अमर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ । सचिवका लागि भने ३६ जनाको उम्मेदवारी परेको छ । महाधिवेशनमा एक हजार ५३४ प्रतिनिधि छन् । १५१ पदका लागि ५२१ जनाले मनोनयन दर्ता गरेका छन् । अधिवेशनको हलले १५१ सदस्यीय केन्द्रीय कमिटी, नौ जना पदाधिकारी र ३२ बर्से उमेर हदलाई अनुमोदन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल