काठमाडौँ, जेठ २९ गते ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५२ पैसा र बिक्रीदर १३७ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ०२ पैसा र बिक्रीदर १५६ रुपियाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ १० पैसा र बिक्रीदर १८४ रुपियाँ ९१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपियाँ ९२ पैसा र बिक्रीदर १६६ रुपियाँ ६५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ८१ पैसा र बिक्रीदर ८९ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ७५ पैसा र बिक्रीदर १०० रुपियाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ११ पैसा र बिक्रीदर १०६ रुपियाँ ५७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४० पैसा र बिक्रीदर ३६ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९४ पैसा र बिक्रीदर नौ रुपियाँ ९८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २० पैसा र बिक्रीदर १४ रुपियाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९२ पैसा र बिक्रीदर २१ रुपियाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपियाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६३ रुपियाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ५८ पैसा र बिक्रीदर ३५६ रुपियाँ १४ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।