काठमाडौँ, जेठ २८ गते ।
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ १५ पैसा र बिक्रीदर १५६ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ४७ पैसा र बिक्रीदर १८५ रुपियाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ४२ पैसा र बिक्रीदर १६७ रुपियाँ १५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ०६ पैसा र बिक्रीदर ८९ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८४ पैसा र बिक्रीदर १०० रुपियाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ २९ पैसा र बिक्रीदर १०६ रुपियाँ ७६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०२ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४४ पैसा र बिक्रीदर ३६ रुपियाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५० पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २७ पैसा र बिक्रीदर १४ रुपियाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९३ पैसा र बिक्रीदर २१ रुपियाँ ०२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४१ पैसा र बिक्रीदर १७ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपियाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६४ रुपियाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ०१ पैसा र विक्रीदर ३५६ रुपियाँ ५७ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।