alliance khabar

शनिबार, जेठ २४, २०८२

काठमाडौँ, जेठ २४ गते । 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि, पशुसेवा, मत्स्य र वन पैदावारबाट किसानको आम्दानी बढाउन सबै सरोकार पक्षले तत्परता देखाउनुपर्ने औँल्याउनुभएको छ । नेपाल फार्मर्स् एडभाइजरी काउन्सिल र एग्रिकल्चर एक्सटेन्सन प्लेटफार्म अफ साउथ एसिया (एपसा) ले राजधानीमा आयोजना गरेको कृषि विस्तारको दिगोपनसम्बन्धी बैठकमा मन्त्री अधिकारीले कृषकको आम्दानीको दिगोपनमा जोड दिनुभएको हो ।

नेपाल जस्तो देशमा पछिल्ला दशकमा बाँदर, बँदेल, हरिणले खेतबारीका कृषि उपज नष्ट गरिदिने गरेको, जलवायु परिवर्तनको असरले गर्दा अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, तापक्रम बढ्ने, अति गर्मी र अति चिसोको प्रभावले गर्दा परम्परागत कृषि कर्म धान्न कठिनभएको औँल्याउनुभयो ।

कृषि पेसाबाट मानिस पलायन हुने क्रम बढ्दो रहेको भन्दै उहाँले भन्नुभयो, “विज्ञसँगको कार्यशाला गोष्ठीले दक्षिण एसियामा हुने यस्ता समस्या समाधानको बाटो पहिल्याउन सक्नु पर्छ ।”

प्रसार सेवा, कृषक समूह, समिति, सहकारी, तालिम, क्षमता विकास जस्ता अनेक प्रक्रिया वा विधि अपनाउँदा पनि प्रभावकारी उपलब्धि हासिल हुन नसकेकाले अब कृषिमा डिजिटिलाइजेसन हुनु जरुरी रहेको मन्त्री अधिकारीले बताउनुभयो । कृषिकर्मी एवं एग्रिकल्चर ग्र्याजुएटहरूलाई सिक्दै कमाउने विधि अपनाउने, किसान कार्ड, किसान क्रेडिट कार्ड, किसान सूचीकरण जस्ता पद्धति अपनाई किसानलाई उत्साहित बनाउनुपर्नेमा उहाँको जोड थियो ।

किसानलाई प्रदान गर्ने अनुदानभन्दा उत्पादन र बजारीकरणमा अधारित अनुदान र सफ्ट लोन प्रदान गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । यो दिगो र लाभप्रद हुने भन्दै उहाँले यसको व्यवस्थापन कसरी गर्ने मनन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले स्टार्ट अपमार्फत  किसान  र खास गरी युवालाई कृषि व्यवसायी बनाउन आवश्यक रहेको बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले दक्षिण एसियामा कृषिको मुद्दा समान भएको हुँदा कृषि योजना, विज्ञ, कृषकको ज्ञान र सिप एकअर्कामा आदानप्रदान गर्न सकिने बताउनुभयो ।

नेपाल फार्मर्स् एडभाइजरी काउन्सिल प्रालिका अध्यक्ष डा. योगेन्द्रकुमार कार्कीले दक्षिण एसियाका प्रमुख सरोकारवालालाई एक ठाउँमा ल्याई कृषि विस्तार प्रणालीको दिगोपन र प्रभावकारिता सुनिश्चित गर्नका लागि छलफल, अनुभव साटासाट तथा सहकार्यका रणनीति विकास गर्ने कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

दक्षिण एसियाका विभिन्न देशमा प्रयोग भइरहेका वर्तमान कृषि विस्तार मोडेलको मूल्याङ्कन गर्नु, कृषि सल्लाह सेवा दिगो राख्नका लागि देखिएको चुनौती र अवसरको पहिचान गर्नु गोष्ठीको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल