Alliancekhabar

बुधबार, भाद्र २७, २०८०

रसुवा, २७ भदौ : बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् । जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ।

विगतमा स्रोत साधनको अभाव दर्शाउँदै बिरामीलाई काठमाडौँ लैजान सिफारिस गर्ने परिपाटी क्रमशः अन्त्य हुन थालेको छ । हाल यहाँ ओपिडीसमेतका संरचना तयार भएका छन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहका अनुसार पछिल्लो समय ठूलै समस्या भएका बिरामीलाई मात्र उपचारका लागि काठमाडौँ पठाउने गरिएको छ । अधिकांश बिरामीलाई स्थानीयस्तरमै उपचार गरी घर फर्काउने गरिएको छ ।

विगतमा अस्पतालमा दक्ष जनशक्तिको अभाव थियो । सघन उपचारकक्षको व्यवस्थापन हुन सकेको थिएन । जिल्ला अस्पतालमा बिस्तारै सुधार हुँदै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । प्रायः बिरामीलाई सिटामोल र सामान्य चक्की मात्र दिएर पठाउने अस्पतालले पछिल्लो समय शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गर्दैआएको छ ।

उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षको वैशाखदेखि चालु आवको भदौ २४ गतेसम्म बहिरङ्ग कक्षबाट दुई हजार आठ सय र अन्तरङ्ग कक्षबाट एक सय ४४ जनाले उपचार पाएका छन् । यसैगरी आकस्मिक सेवाअन्तर्गत पाँच महिनाको अवधिमा चार सय २० जनाको उपचार गरिएको डा शाहले बताउनुभयो ।

उपचार गर्न आउने बिरामीमा दम, मधुमेह, उच्च रक्तचाप, बाथ, हाडजोर्नी, मानसिक समस्या, पेट दुख्नेजस्ता समस्या बढी रहेको पाइएको छ । जिल्ला अस्पतालबाट स्वास्थ्य बिमा गराउनेको सङ्ख्या भने ६१ जना मात्र रहेको छ । यसबारे जनचेतना जगाउने काम भइरहेको अस्पताल विकास समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल