alliance khabar

बुधबार, जेठ २१, २०८२

भालुखोला (मकवानपुर), जेठ २१ गते  ।

बागमती प्रदेशमा प्राकृतिक तथा मानव सिर्जित विपत्को जोखिम पछिल्लो समय बढ्दै गएको भन्दै यसको नियन्त्रणमा जोड दिइएको छ । विपत्को पूर्वतयारी र विपत्पछिको उद्धार राहतलगायतका सवालमा छलफल गरिएको छ । मकवानपुरगढी गाउँपालिका–६ स्थित भालुखोलामा सामुदायिक रेडियो प्रसारक सङ्घ (सिआइएन) ले आयोजना गरेको ‘हेलो सांसद’ सार्वजनिक सुनुवाइमा वक्ताले विपत् नियन्त्रणमा तिनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो ।

पछिल्ला वर्षको विपत्का घटनालाई हेर्दा बागमती प्रदेशमा पहिरोजन्य प्रकोपको जोखिम उच्च रहेको पाइएकोमा जोड दिएको थियो । यस प्रदेशमा कमजोर भूबनोट, अवैज्ञानिक भूउपयोग, वातावरणीय प्रभाव अध्ययनबिना नै सडकलगायतका पूर्वाधारको निर्माण, पानीको स्रोतको कमजोर व्यवस्थापनलगायतका कारण यस प्रदेशमा क्षति वृद्धि भएको औँल्याइएको छ ।

गत वर्षको असोजमा भएको बाढीपहिरोका कारण प्रदेशभरमा १२ अर्ब रुपियाँभन्दा बढीको क्षति पुगेको थियो । सहभागीले बाढीपछिको उद्धार र राहत प्रभावकारी नभएकाले प्रदेश सभा र प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

कार्यक्रममा प्रदेश सभाका सदस्य भारती पाठकले विपत् व्यवस्थापन कोषको व्यवस्था हुनुपर्ने भन्दै विपत्का घटना न्यूनीकरणका लागि स्थानीय सरकार र समुदायसँग सहकार्यमा जोड दिनुभयो । उहाँले विपत्का बारेमा नीति तथा कार्यक्रममा उल्लेख भए पनि बजेटको प्रभावकारी कार्यान्वयनमा अभाव देखिएको भन्दै विपत्पूर्वको तयारी, विपत्पछिको उद्धार, राहत, पुनर्निर्माण, पुनस्र्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिने बताउनुभयो ।

यस्तै प्रदेश सभा सदस्य रुकु चौलागाईंले अवैध खानी, हचुवाका भरमा हुने विकास निर्माणले विपत्ति आइलाग्ने गरेको भन्दै खानी सञ्चालकको आश्वासनमा नागरिक पर्दा पनि क्षति बढ्ने गरेको बताउनुभयो । मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपालीले पालिकाले सबै वडामा स्वयंसेवकको व्यवस्था गरेको भन्दै तत्कालीन सहयोग पालिकाले गर्ने भए पनि दीर्घकालीन काममा प्रदेश र सङ्घले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मकवानपुगढी गाउँपालिका–५ का वडाध्यक्ष दिपेश दाहाल र वडा नं. ५ का अध्यक्ष कृष्ण बजगाईंले विपत्पूर्वको तयारी र विपत्पछिको उद्धार र राहतमा तीन तहका सरकारबिचको समन्वय सहकार्यको पाटो कमजोर रहेको बताउनुभयो । कार्यक्रममा संसदीय मामिला पत्रकार मञ्चका अध्यक्ष राममणि दाहाल, स्थानीय बासिन्दा लीलाराज न्यौपाने, वासुदेव चौलागाईं, अमरबहादुर मल्ल, वेदनाथ हुमागाईंलगायतले प्रदेश सरकार र प्रदेश सभाले विपत् न्यूनीकरण, विपत् पूर्वतयारी राहत र पुनस्र्थापनालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल