alliance khabar

बिहिबार, जेठ १५, २०८२

काठमाडौं, जेठ १५ गते 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव अधिकांश समेटिएको बताउनु भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ बजेटबारे प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रको धेरै कुरा समेटेको बताउनु भएको हो ।

उहाँले अब आर्थिक ऐन आइसकेपछि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने महशुस गरेको स्पष्ट पार्नुभयो । साथै बजेटले वैदेशिक लगानी प्रवर्धनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको भन्दै यसले आयात निर्यातमा निजी क्षेत्रको संलग्नता बढ्ने विश्वास लिएको अध्यक्ष ढकालले बताउनु भयो ।

नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले बजेटमा समेटिएका सबै कुरा राम्रो भए पनि राजश्व मुख्य चुनौती हुनसक्ने बताउनु भयो । पूर्वअध्यक्ष मल्लले समग्रमा बजेट राम्रो आएको बताउनु भयो ।

उहाँले बजेटले युवा पुस्तालाई पनि प्रोत्साहन दिन स्टार्टअप बिजनेसमा पाँच वर्षसम्म कर नलिने घोषणालगायत समग्रमा बजेट राम्रो आएको प्रतिक्रिया दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले बजेटलाई सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले कार्यक्रमहरु सबै राम्रा आएका तर बाँकी कुरा आर्थिक ऐन आएपछि थाहा हुने बताउनु भयो ।

राजश्व उठाउने विषयमा कर्मचारीहरुले राम्रो नियतले काम गरिदिए अन्य कुराहरुलाई बजेट सकारात्मक रहेको अध्यक्ष अग्रवालको भनाई थियो । निजी क्षेत्रका मागहरुलाई अर्थमन्त्रीले सकारात्मक रुपमा लिएर बजेटमा समावेश गरिदिनु भएको बताउनु भयो ।

बजेटबारे प्रतिक्रिया दिँदै निजी क्षेत्रका व्यवसायीहरुले बजेट समग्रमा आशालाग्दो भएको र बाँकी कुरा आर्थिक ऐन आएपछिमात्र प्रतिक्रिया दिन सकिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल