alliance khabar

आइतबार, जेठ ०४, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज व्यवसायिक काममा खर्च बढ्न सक्छ । अरूका काममा समय खर्चनुपर्ने हुनाले आफ्ना काममा ढिलाइ हुन सक्छ । यद्यपि, सेवामूलक कार्यले प्रतिष्ठा बढाउनेछ। नयाँ अवसर देखिए पनि निर्णय गर्नुअघि विचार पुर्याउनुहोस् । आफन्त तथा साथीहरूको साथ र हौसला मिल्नेछ, जसले मन प्रफुल्ल बनाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज आयआर्जनमा सुधार देखिन्छ । सामाजिक र पारिवारिक सन्दर्भमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । उद्योग तथा व्यापारमा लाभदायक परिणाम आउनेछ । शत्रु तथा प्रतिस्पर्धीहरूलाई सजिलै पराजित गर्न सकिनेछ । मनोरञ्जनमा समय बित्न सक्छ भने टाढाको यात्रा पनि सम्भावित छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ । सहयोगीको भरमा काम गर्ने हो भने अपेक्षित परिणाम नआउन सक्छ । तर, आर्थिक लाभ भने हुने संकेत छ । कृषि तथा पशुपालनमा साना समस्या देखिएपनि प्रशस्त आम्दानीको सम्भावना छ । प्रतिस्पर्धा बिना नै फाइदा हुने समय हो । नियमित काममा थप उत्साह जाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य कमजोर रहेकाले दैनिक कार्यमा प्रभाव पर्न सक्छ । महत्वपूर्ण अवसरहरू गुम्न सक्छन् । छरछिमेकसँग विवाद हुन सक्ने सम्भावना छ, सावधान रहनुहोस् । आर्थिक पक्षमा पनि चुनौती आउनेछ । मेहनतको उचित मूल्यांकन नहुन सक्छ, तसर्थ आज सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा राम्रो फाइदा हुने सम्भावना छ । आम्दानी बढ्नेछ र परिवारको आवश्यकता पूरा गर्न सकिनेछ । तर, अनावश्यक डर र आशंका उत्पन्न हुन सक्छ । बोलेका शब्दले समस्या निम्त्याउन सक्छन्, सोच विचार गरेर वचन दिनुहोस् । यात्रामा समय खेर जान सक्छ । अनावश्यक समस्याहरू थपिन सक्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम र पारिवारिक सम्बन्ध सुदृढ हुने समय हो । मित्रता र दाम्पत्य सुखमा प्रगाढता आउनेछ । काम सजिलै बन्ने हुँदा उत्साह जाग्नेछ । सानो प्रयासले पनि ठूलो उपलब्धि मिल्नेछ । धार्मिक तथा सामाजिक काममा सहभागिता बढ्नेछ । तीर्थ यात्राको अवसर पनि प्राप्त हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुख दु:खमा साथ दिने मानिसहरूको साथ पाइनेछ । पारिवारिक सहयोगले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु उपयुक्त हुनेछ । कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ । सामाजिक जिम्मेवारी पूरा गर्नुपर्ने समय छ । रोकिएका काम बन्नेछन् भने नयाँ जिम्मेवारी पनि हात लाग्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुख्य काममा अवरोध आउन सक्छ । घरेलु समस्याले मानसिक तनाव बढाउन सक्छ । स्वास्थ्य कमजोर रहन सक्छ । भौतिक सामाग्री बिग्रनाले कार्य क्षमता घट्न सक्छ । पढाइमा मन नलाग्न सक्छ । लगानी धेरै भएपनि अपेक्षित लाभ नआउने सम्भावना छ, धैर्य र संयमता आवश्यक छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समस्यालाई हल्काफुल्का रूपमा लिँदा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले सम्बन्धहरू टुट्न सक्छन् । यद्यपि, सहयोगीहरूको साथ पाइनेछ । रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु गर्ने मौका आउनेछ । एउटै कामबाट दोहोरो लाभ प्राप्त हुने सम्भावना छ । पठन पाठनमा प्रगति हुनेछ, तर सतर्कता पनि आवश्यक छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज लाभदायक काम सुरु गर्न अनुकूल समय हो । साझेदारीमा फाइदा मिल्नेछ । आम्दानीको नयाँ स्रोत खुल्नेछन् । आमाको सहयोगबाट लाभ मिल्न सक्छ । सोच्न नसकेको ठाउँबाट आर्थिक लाभ हुन सक्छ । तर, अरूको कुरामा धेरै चासो लिँदा विवादमा पर्न सकिन्छ । खर्चमा विशेष ध्यान दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज बाध्यताले असहजता ल्याउन सक्छ । भर गर्ने मानिसहरूबाट धोका पाउन सकिन्छ । लामो यात्रा सुरु हुन सक्छ, तर मन खिन्न हुने परिस्थिति आउन सक्छ । स्वास्थ्य, विशेष गरी पाचन तन्त्रमा समस्या देखिन सक्छ । अरूले तपाईंको काममा हस्तक्षेप गर्न सक्छन् । अप्रत्याशित रूपमा दोषारोपण पनि भोग्नुपर्ने हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस् । लेनदेनका विषयमा विवाद हुन सक्छ । पुराना रोगहरू दोहोरिन सक्छन् । अरूका लागि समय र श्रम खर्चनुपर्नेछ । आश्वासन दिनेहरूले धोका दिन सक्छन् । अध्ययनमा कमजोरी आउन सक्छ र व्यवसायमा पनि समस्या देखिन सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल