alliance khabar

मंगलबार, बैशाख २३, २०८२

हुम्ला, वैशाख २३ गते ।

चीनको पुराङ काउन्टीको ताक्लाकोट जाने हुम्लावासी एक हजारभन्दा नाघेका छन् । व्यापार व्यवसाय र रोजगारीका लागि बेरोजगार युवा ताक्लाकोट गएका हुन् ।

यही वैशाख १ गतेयता हुम्लाबाट काम र व्यापार व्यवसाय गर्नका लागि एक हजार दुई जना हुम्लाका बेरोजगार युवा चीनको ताक्लाकोट हिल्सा नाकाबाट गएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । यसमध्ये २९९ जना महिला छन् भने ७०३ पुरुष छन् । ताक्लाकोटमा हालसम्मकै सबैभन्दा बढी महिला कामका लागि गएका हुन् ।

ताक्लाकोटमा नेपाली होटेल तथा रेस्टुरेन्टमा काम गर्नुका साथै अन्य ज्याला मजदुरीको पनि काममा जाने गर्छन् । उनीहरू अब छदेखि आठ महिना ताक्लाकोटमै बसेर काम गर्छन् । हुम्लाका बेरोजगार युवायुवतीको रोजगारीको गन्तव्य अहिले ताक्लाकोट बनेको छ ।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयमध्ये ७० प्रतिशतले ताक्लाकोट पुगेर काम गर्ने गरेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । रोजगारीका लागि ताक्लाकोट मुख्य गन्तव्य भएका कारण लिमीबाट धेरै पहिलेदेखि नै काम गर्न जाने गरेको उहाँले जनाउनुभयो । अन्य देशमा जान नसक्ने लिमीका बेरोजगार ताक्लाकोट गएर कमाउने र त्यसैबाट घरव्यवहार चलाउने गर्दै आएका छन् । त्यहाँ कामदारले दैनिक १२० देखि तीन सय युआनसम्म कमाइ गर्ने गर्छन् ।

ताक्लाकोट जान सुरु भएपछि जिल्ला प्रशासन कार्यालयबाट नयाँ सीमा पास लिनेको सङ्ख्या पाँच सय पुगेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताउनुभयो ।

चीनले सीमा जोडिएका जिल्लाका स्थायी बासिन्दालाई सिमानाबाट ३० किलोमिटरसम्म सो पासका आधारमा प्रवेश गर्न दिने गर्छ । यसअघि नाका सुचारु भए पनि नारा लेकमा जमेको हिउँका कारण हुम्लावासी ताक्लाकोट जान रोकिएका थिए । नारा लेकमा जमेको हिउँ हिल्सा सिमकोट सडक योजनाले एक्साभेटर लगाएर फालेपछि यातायात सुचारु हुँदा ताक्लाकोट जाने क्रम सुरु भएको थियो । चिनियाँ पक्षले हप्तामा पाँच दिन बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म नेपालीले ताक्लाकोट जान पाउने नियम बनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल