alliance khabar

सोमबार, बैशाख २२, २०८२

सुर्खेत, वैशाख २२ गते ।

कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसबाट किसान लाभान्वित भएका छन् । दुध उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न २०७८/७९ देखि किसानलाई दुध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न हिमाली जिल्लामा प्रतिलिटर १० रुपियाँ र बाँकी जिल्लामा प्रतिलिटर पाँच रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटका किसानलाई १० रुपियाँ र सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिमका किसानलाई प्रतिलिटर पाँच रुपियाँ अनुदान दिँदै आएको हो ।

मन्त्रालयका सूचना अधिकारी तारा बरालले पछिल्लो समय दुध उत्पादन वृद्धि हुँदै गएको र किसान पनि यस कार्यक्रमबाट लाभान्वित हुँदै गएको बताउनुभयो । उहाँका अनुसार आव २०७८/७९ मा एक हजार पाँच सय जना दुध उत्पादक किसान लाभान्वित भएका थिए । दुई लाख ८२ हजार सात सय लिटर दुधमा २८ लाख २७ हजार भुक्तानी भएको छ ।  यस्तै आव २०७९/८० मा तीन हजार ५३ जना किसान लाभान्वित भएका छन् । २३ लाख ५४ हजार ५६८ लिटर दुधमा अनुदान दिएको थियो । आव २०८०/८१ मा तीन हजार ७७६ जना किसान लाभन्वित भएका थिए । उक्त आवमा ३७ लाख ९१ हजार ४२९ दुध उत्पादन भएको सूचना अधिकारी बरालले बताउनुभयो ।  चालु आव २०८१/८२ का लागि प्रदेश सरकारले एक करोड ३७ लाख आठ हजार रुपियाँ विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल