alliance khabar

आइतबार, बैशाख २१, २०८२

दाङ, वैशाख २१ गते । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेललगायत सञ्चार सम्बद्ध प्रतिनिधि मण्डलले आइतबार छलफल गरेको छ । प्रदेश सरकारले बनाउने आगामी आर्थिक वर्षको बजेटमा सञ्चार क्षेत्रबाट समेटिनुपर्ने विषय र प्राथमिकताको बारेमा छलफल गरिएको हो ।

पूर्व अध्यक्ष पोख्रेलले सञ्चार संस्थाको सवलीकरण र पत्रकारहरुको पेशागत हक अधिकार सुनिश्चित हुनेगरी नीति तथा कार्यक्रम लक्षित गर्न अनुरोध गर्नु भएको छ । कोभिड पछि नेपाली मिडिया क्षेत्र धाराशायी हुने अवस्थामा पुगेको भन्दै संचार संस्थालाई बलियो बनाउने र पत्रकारहरुको पेशागत हक हित रक्षालाई बल पुग्ने गरी कार्यक्रम बनाउन सुझाव दिनुभएको हो । लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्को भूमिका बढाउने गरी सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिन अनुरोध गरिएको छ ।

पोख्रेलले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विधागत तालिम तथा प्रशिक्षणका लागि पनि प्रदेश सरकारले पहल लिनुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतमले १२ जिल्लामा रहेका पत्रकार महासंघको संस्थागत विकासमा समेत प्रदेश सरकारले भूमिका बढाउनेगरी कार्यक्रम बनाउन सुझाव दिनु भएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सञ्चार माध्यमको सवलीकरणका लागि नीतिगत रुपमा स्पष्ट भएको, सञ्चार समन्वय परिषद्का्े कामलाई प्रभावकारी बनाउन नीतिमा सुधार गर्न थालिएको, सञ्चार माध्यमलाई बलियो बनाउन प्रदेश तहबाट गरिने विज्ञापन वितरणमा एकरुपता गरिने स्पष्ट पार्नुभएको छ ।

प्रदेश स्थापना भएदेखि नै सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउँदै आएको बताउनु भयो । सुशासन, जवाफदेहिता र पारदर्शीताका लागि सञ्चार क्षेत्र बलियो हुनुपर्ने र त्यसका लागि प्रदेश सरकारले समेत ध्यान दिएको भनाइ मुख्यमन्त्री आचार्यको छ । यस्तै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री आदेशकुमार अग्रवालसँग पनि भेट गर्दै नीति तथा कार्यक्रममा समेटिनुपर्ने बवषयको बारेमा छलफल भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल