alliance khabar

सोमबार, बैशाख ०८, २०८२

काठमाडौँ,  वैशाख ८ गते ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७२ पैसा कायम गरिएको जनाएको छ ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रूपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १५ पैसा र बिक्रीदर १४ रूपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५६ पैसा र बिक्रीदर १७ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ०५ पैसा रहेको छ ।  केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल