मकवानपुर, वैशाख ६ गते ।
मकवानपुरको विकट स्थानीय तह राक्सिराङ गाउँपालिकामा रहेको अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको सो गाउँपालिकामा पहिलो पटक स्वास्थ्य बिमा सेवा सुरु गरिएको हो ।
राक्सिराङ–५, ठाडेचुरीस्थित राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु भएसँगै स्वास्थ्य बिमा कार्यव्रmममा आबद्ध भएकाले सहुलियतमा स्वास्थ्य सेवा पाउने भएका छन् ।
स्वास्थ्य बिमा कार्यव्रmमको शुभारम्भमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्वास्थ्य बिमामार्फत सेवाग्राहीले प्राप्त गर्ने स्वास्थ्य सेवा अब राक्सिराङ आधारभूत अस्पतालबाट पाउने बताउनुभयो । उहाँले आर्थिक अभाव भएकै कारण सामान्य स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने भन्दै विपन्न समुदायको स्वास्थ्य बिमा गराउन पालिकाले सहयोग गर्ने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यव्रmमको दिगोपनामा जोड दिनुभयो । कार्यव्रmममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ सय परिवारको स्वास्थ्य बिमा गराउने लक्ष्य लिएको वडा नं. १, २ र ४ का गरी तीन वटा वडाका दुई सय परिवार पालिकामार्फत बिमा कार्यव्रmममा आबद्ध भएको जानकारी दिनुभयो ।
बिमा कार्यव्रmममा आबद्ध हुने परिवारलाई पालिकाले ७५ प्रतिशत अनुदान र लाभग्राहीले २५ प्रतिशत योगदान गर्नुपर्ने बताउँदै उहाँले अनुदानसमेत उपलब्ध गराएको जानकारी दिनुभयो । बिमा कार्यव्रmमबाट चेपाङलगायतका विपन्न समुदाय लाभान्वित हुने उहाँको भनाइ छ ।
प्रतिपरिवार तीन हजार पाँच सय रुपियाँ तिरेर बिमा कार्यव्रmममा आबद्ध भएपछि पाँच जनासम्मको परिवार भएकाले वार्षिक एक लाख रुपियाँसम्मको स्वास्थ्य सेवा पाउने व्यवस्था रहेको छ ।
एक जना चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा बिमा सेवा शुभारम्भसँगै एक्सरे मेसिन, खानेपानी परीक्षण लघु प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसीलगायत सुविधा रहेका छन् ।