alliance khabar

आइतबार, चैत्र १०, २०८१

काठमाडौँ, चैत १० गते।

 गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यती माया गरौंकी तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ।  गीतकार सिएल शर्माका शब्द सृजना रहेको गीतमा  गायक  श्रेष्ठ स्वयमकै संगीत,  याकुब तामाङको एरेन्ज तथा दिनेश न्यौपानेको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

भिडियोमा  मोडलद्वय प्रबिन डिसी र समीक्षा न्यौपानेको अभिनय रहेको छ। जशबहादुर याक्ख्याको निर्देशन रहेको भिडियोको छायांकन कालिन्चोकमा गरिएको हो। गायक तथा संगीतकार श्रेष्ठ प्रवासमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय हुनुहुन्छ।

उहाँका आधा दुःख घटाएर, तिमी बिना,  तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर, तिम्रो बारे, सुस्तरी सुस्तरी, थोपा, जिन्दगीकी रहोमे, वैशाखे घाम, लगायतका गीत अफिसियल च्यानलबाट बजारमा आइसकेका छन्।

सार्वजनिक गीतमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायांकन तथा मिन रावलको सम्पादन रहेको छ।  सन्तोष रनबाहको कोरियोग्राफी रहेको गीतको भिडियो गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल