alliance khabar

बिहिबार, फाल्गुण २९, २०८१

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पारिवारिक भेटघाटको समय रहेको छ । टाढिएका आफन्तहरूसँग पुन: सम्बन्ध सुधारिनेछ । विशेष सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ, जसले तपाईंलाई मान सम्मान दिलाउनेछ । धार्मिक तथा सामाजिक कार्य प्रति आकर्षण बढ्नेछ । साना व्यक्तिको सहयोगले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ । पहिलेदेखि नै आशा मारेको कुनै महत्वपूर्ण कार्य पूरा हुने संकेत छ, जसले उत्साह बढाउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अध्ययन तथा ज्ञान प्राप्तिमा प्रगति हुनेछ । बुद्धिको सही प्रयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन झन् कसिलो बन्नेछ । अध्ययनमा सुधार आउनेछ भने व्यापार व्यवसायमा लाभ मिल्ने समय रहेको छ । लगानी बढाउन सकिने अवसर आउनेछ । विभिन्न अवसरहरूले पछ्याउनेछन् । हिम्मत र आत्मबलले काम लिनुपर्ने समय रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आत्मीयजनहरूसँग पुन: भेटघाट हुनेछ । सरसफाइ, वागबगैंचा तथा घर व्यवस्थापनमा विशेष रुचि जाग्नेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परिवारजनसँग सम्बन्ध थप प्रगाढ बन्नेछ । पितृधन वा अन्य स्रोतको सही उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । घरमा सुख समृद्धि बढ्नेछ । बुद्धिको प्रयोगले शत्रुबाट जोगिन सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
केही महत्वपूर्ण अवसर फुत्कन सक्ने सम्भावना भएकाले सचेत रहनुहोला । कृषि तथा पशुपालनबाट सोचे अनुसारको लाभ नहुन सक्छ, तर व्यापारमा भने राम्रो आम्दानी हुनेछ । आर्थिक अभावको अनुभव हुन सक्छ । व्यवसायमा केही उतारचढाव आउने देखिन्छ । प्रेम र मित्रताको बन्धन अझ बलियो बन्न सक्छ । अस्थायी पेसाबाट राम्रो फाइदा मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
ध्यान, मनन तथा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ । घरमै बसेर विभिन्न महत्वपूर्ण कार्यहरू सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पार गर्दै रोकिएका कार्यहरू अगाडि बढाउन सकिनेछ । धैर्यका साथ अघि बढ्दा सफलता पाइने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसरहरू हात लाग्नेछन् । कुटुम्ब तथा नजिकका व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ । रोजगारीका अवसरहरू आउने सम्भावना छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कृषि तथा पशुपालनबाट राम्रो फाइदा उठाउन सकिने समय छ । प्राकृतिक सौन्दर्यमा रमाउने अवसर प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुने देखिन्छ । रोकिएका कार्यहरू पुन: सुरु गर्न सकिनेछ । धन, प्रतिष्ठा र सम्मान प्राप्त गर्ने अवसर आउनेछ । मित्रता तथा प्रेम सम्बन्ध झनै बलियो बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो यात्राको सम्भावना देखिन्छ । प्रयत्न गरेमा लक्ष्य प्राप्त गर्न सकिनेछ । टाढाको यात्राको योजना अघि बढ्न सक्छ, जसले आर्थिक तथा सामाजिक लाभ दिलाउनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । अध्ययन तथा पठन पाठनमा सुधार आउनेछ । आफ्नो प्रतिभा प्रदर्शन गर्न सकिनेछ, जसले धेरैलाई प्रभावित तुल्याउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
केही सहयोगीहरूले साथ छोड्न सक्ने सम्भावना भएकाले मानसिक रूपमा तयार रहनुहोला । खर्चको मात्रा बढ्ने देखिन्छ । छर छिमेकमा असमझदारी बढ्न सक्ने सम्भावना छ, तर समाधान भने अवश्य हुनेछ । परिश्रमको तुलनामा लाभ अलि कम प्राप्त हुन सक्छ । घर खर्च बढ्ने संकेत छ । तपाईंको विचार र अभिव्यक्तिलाई धेरैले मन पराउनेछन् । नाता सम्बन्धहरूमा केही उतारचढाव आउन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
परिपक्व सोचका कारण समझदारी बढ्नेछ । कृषि तथा पशुपालन क्षेत्रमा केही खर्च बढ्न सक्छ । आयआर्जनका अवसरहरू बढ्नेछन् । रोकिएको धन प्राप्त हुन सक्छ । स्वास्थ्यतर्फ विशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या देखा पर्न सक्छ । पुन: प्रयास गरेमा रोकिएका कार्यहरू पूरा हुनेछन् । धेरैको भलाइ हुने कार्यहरू गर्न सकिनेछ । परिश्रमले राम्रो पहिचान दिलाउने समय रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
दीर्घकालीन रूपमा फाइदा हुने कार्यहरूमा हात हाल्ने उपयुक्त समय रहेको छ । तार्किक क्षमता बढ्नेछ । नयाँ सीप तथा ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रगति हुनेछ । धर्म कर्म तथा समाज सेवा प्रति विशेष रुचि जाग्नेछ । कृषि तथा पशुपालनबाट लाभ उठाउन सकिनेछ । रोकिएका कार्यहरू सुचारु हुनेछन् भने विस्तारै नयाँ कार्यहरू पनि सुरु हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अवसरहरूले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्नेछ । धन लाभको योग रहेको छ । वैदेशिक क्षेत्रमा अवसर खोज्नेहरूका लागि अनुकूल समय रहेको छ । आफन्त तथा परिवारजनको सहयोगले विशेष लाभ उठाउन सकिनेछ । नयाँ कामको अवसर आउन सक्छ । रमणीय स्थानहरूको भ्रमण गर्ने मौका जुर्न सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
पुरानो समस्याले पुन: झमेला निम्त्याउने सम्भावना छ । दाम्पत्य सम्बन्धमा केही तनाव उत्पन्न हुन सक्छ । खर्च बढ्ने देखिए पनि दीर्घकालीन फाइदा दिने क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको अध्ययन तथा एकाग्रतामा केही कमी आउन सक्छ । पारिवारिक समस्याहरू देखा पर्ने सम्भावना छ, जसका कारण मानसिक तनाव बढ्न सक्छ, सतर्कता अपनाउनुहोला ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल