alliance khabar

मंगलबार, माघ ०८, २०८१

काठमाडौँ, माघ ८ गते ।

 नइ प्रकाशनले साहित्य, कला, अध्यात्मलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १० जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको बैठकले साहित्य, कला, अध्यात्म, दर्शनको उत्थानका लागि योगदान दिएका १० स्रष्टालाई जनही एक/एक लाख रुपियाँ नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । बैठकले सर्जकहरू प्रा. चेतोनाथ शर्मा आचार्य, संस्कृतिविद् हरिराम जोशी, प्रा. गोपीकृष्ण शर्मा, प्राडा मोहन लोहनी, न्युरो सर्जन डा. वसन्त पन्तलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यसै गरी कमल प्रधान तथा ध्रुव थापा, रञ्जुश्री पराजुली, शान्तिनारायण श्रेष्ठ र राधिका गुरागाईंलाई पुरस्कृत गरिने छ । प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले १० सर्जकलाई  ‘नइ चन्द्रधन पुरस्कार’, ‘नइ भूपालदुर्गा पुरस्कार’, ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, ‘नइ कीर्तिनिधि पुरस्कार’, ‘नइ भावी पुरस्कार’, ‘नइ भाजप पुरस्कार’, ‘नइ रेखा पुरस्कार’, ‘नइ धनरूप पुरस्कार’, ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल