alliance khabar

शुक्रबार, माघ ०४, २०८१

काठमाडौँ, माघ ४ गते ।

नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई प्रारम्भिक निष्कासन (आइपिओ) को अनुमति दिएको छ । बोर्डले ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई निष्कासनको अनुमति दिएको हो ।

बोर्डले बिहीबार एक सूचना जारी गर्दै अनुमति दिएको सार्वजनिक गरेको हो । ओम मेगाश्री आइपिओ निष्कासन अनुमति पाउने नेपालमा पहिलो औषधी कम्पनी हो ।

ओम मेगाश्रीले १८ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जस अनुसार कम्पनीले १८ करोड रुपियाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

क्रेस्ट माइक्रो लाइफलाई भने जारी पुँजीको ३० प्रतिशत आइपिओ निष्कासनका लागि बोर्डले अनुमति दिएको छ । कम्पनीको जारी पुँजी ७५ करोड रुपियाँ रहेको छ ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपियाँ बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रतिसेयर अङ्कित मूल्य एक सय रुपियाँ दरमा सर्वसाधारणमा निष्कासन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल