alliance khabar

शुक्रबार, माघ ०४, २०८१

बैतडी, माघ ४ गते ।

 हुलाक टिकट, दशरथ चन्द नगरपालिकाको लोगो र पुरातात्त्विक विभागको संरक्षण सूचीमा रहेको बैतडीको पञ्चदेवलको निर्माण एक जना साहसी महिलाको अगुवाइमा भएको दाबी गरिएको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा अध्येता राजेन्द्रसिंह रावलले पञ्चदेवलको निर्माण १४ औँ शताब्दीमा श्रीदेवीको अगुवाइमा निर्माण भएको दाबी गर्नुभएको हो ।

दशरथ चन्द नगरपालिका–४, देवलहाटमा रहेको ऐतिहासिक शिखर शैलीमा निर्मित पञ्चदेवलका बारेमा पूर्वमुख्यमन्त्री रावलले नयाँ तथ्य फेला परेको दाबी गर्नुभयो । उहाँले पञ्चदेवलको निर्माण साके संवत् १४२१ मा श्रीदेवीले आफ्ना पुत्र गरुड (ज्ञान) चन्दको स्मृतिमा निर्माण गरेको बताउनुभयो । यो विषय आफूले पुरातात्त्विक स्रोतबाट प्राप्त प्रमाणका आधारमा १७ वर्ष अनुसन्धान गरेर ‘द हिस्ट्री अफ मिडिभल डोटी (मध्यकालीन डोटी राज्यको इतिहास–सङ्क १२३५–१७१२) नामक अङ्ग्रेजी भाषाको पुस्तकमा समेत उल्लेख गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पञ्चदेवल पाण्डवले बनाएको होइन । यो त बैतडीकै श्रीदेवीले निर्माण गर्न लगाएको हो । तत्कालीन डोटीका राजा रिपु मल्लले गरुड चन्दको हत्या गरेपछि उहाँकी आमा श्रीदेवीले हातहतियार र खरखजाना सुरक्षित राख्ने उद्देश्यले देवलको निर्माण गर्नुभएको थियो । खरखजानामा कछुवाको खप्परसमेत थियो, जुन अर्घ दिने बेला प्रयोगमा ल्याइन्थ्यो । उहाँले अगाडि भन्नुभयो, “गरुड चन्दको नाम ज्ञानचन्द भए पनि आकाशमा उडिरहेको गरुडलाई वाण हानेर खसाल्न सफल भएका कारण तत्कालीन मुगल सम्राट् जाहगिरले गरुड चन्दको उपाधि दिएका थिए ।”

रावलले दाबी गरे जस्तै पुरातात्त्विक विभागले ११ वर्षअघि देवलको जीर्णद्धार गर्ने बेला देवलभित्रबाट तरबार, सुनचाँदीलगायतका खरखजाना फेला परेको स्थानीय युवा उद्धव मार्कण्डेयले बताउनुभयो । रावलले लेख्नुभएको मध्यकालीन डोटी राज्यको इतिहास नामको अङ्ग्रेजी भाषाको खोजमूलक पुस्तक सुदूरपश्चिम विश्वविद्यालयले मानविकी र सामाजिक विज्ञान सङ्कायको पाठ्यक्रममा समेत राखिएको छ । दशरथ चन्द नगरपालिका–४, देवलहाटस्थित ऐतिहासिक पञ्चदेवल मन्दिरको चित्र अङ्कित गरेर हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन गरेको छ । शिखर वास्तुशैलीमा निर्मित पञ्चदेवल मन्दिरमा ऐतिहासिक शिलालेख, ढाल–तरबार, सुनचाँदी र माटाका भाँडाकुँडा रहेका छन् । पुरातात्त्विक विभागले देवलको जीर्णाद्धार गर्दा ऐतिहासिक शिलालेख, सुनचाँदी र ढाल–तरबार फेला पारेको थियो । फेला परेका ऐतिहासिक वस्तु पञ्चदेवलमा सुरक्षित राखिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल