alliance khabar

बिहिबार, पौष २५, २०८१

काठमाडौं, पुस २५ गते ।

नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा सापकोटाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरी उपर अख्तियारको कार्यालय, कञ्चनपुरबाट अनुसन्धान हुँदा सापकोटाले अख्तियारका अधिकृतलाई एक लाख रुपियाँ घुस दिन खोजेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

‘‘उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रङ्गको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपियाँ भेटिएको थियो,’’ प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंका लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए ।’’

अख्तियारको टोलीले सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अछाम, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानका लागि सापकोटालाई बोलाएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

बयान दिन जाँदा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले घुस दिएकाले भ्रष्टाचार मुद्दामा कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल